लघुकथा :भार
सुधिर कुमार सुमन
हवाइ मैदानमा एक हुल डाँको छोडेर रुँदै थिए। रुनेहरु मा एउटि बुढि आमा, एउटि २५/२६ कि नारी, अनि दुई बालबालिका थिए।
परिस्थिती बुझ्दा उनिहरुको कोहि आफन्त को लास आज आउँदै गरेको जस्तो लाग्थ्यो।बर्षाको कारण ले मेरो फ्लाइट ढिला हुन गएको सुचना फुकिएको थियो। समय बिताउन यसो यता उता टहलिइ रहेको थिएं।
केही कर्मचारीहरु हात मा एउटा चिर्कटो लिएर हवाइजहाज बाट झरेको सामान चेक गर्दै थिए।कुन कुन सामान मा कर लाग्ने र कुनकुन मा नलाग्ने भनेर सामान छुट्टाउँदै थिए। सायद त्यही रोइरहेको हुल को आफन्त को लास को बाकस हुनुपर्छ त्यो पनि नजिकै थियो। म टुलुटुलु ती कर्मचारिहरु को काम हेर्दै थिएं।
“ए सामान सबै चेक गरिसकिएको हो? ” एउटा हाकिम जस्तो मानिस ती सबै कर्मचारिलाई सोद्धै थियो।
“लगभग सकियो हाकिम साप”।कर्मचारीले चिर्कटो लिएको हात हल्लाउँदै भन्दै थियो।
“अनि त्यो चिर्कटो चाहिँ के हो त।” हाकिम ले फेरि प्रतिप्रश्न गर्यो।
“त्यही अस्ति हजुरले कुन कुन चिजमा कति कर लाग्छ भनेर टिपोट दिनुभएको चिर्कटो त हो नि।”कर्मचारी यसपाली काम संग संगै मुख चलाउँदै थियो।
“हत्तेरी त्यसो भनेर कहाँ हुन्छ।यहाँ सरकारले दिन दिनै कर लगाउँदै छ।नयाँ नयाँ चिजमा कर थुपार्दै छ भन्ने कुरा थाहा छैन।खुरुक्क नयाँ लिस्ट बनाइहाल त।के था यी यसरी बाकसमा बन्द भएर आउँदा पनि कर पो लगाका छन कि।” संगैको अर्को कर्मचारी हाकिम को अनुहार हेर्दै अर्को कर्मचारी लाई सम्झाउँदै थियो।
१३ अगस्ट २०१८