काठमाडौं । नेपाल आयल निगमले स्वचालित मूल्य प्रणाली बमोजिम इन्धनको मूल्य समायोजन गरेको छ । नयाँ मूल्य २०८३ वैशाख १८ गते बिहान ००:०१ बजेदेखि लागू हुनेछ । पेट्रोल: प्रति लिटर रु. २.०० ले घटाइएको नेपाल आयल निगमले जनाएको छ । तेस्रो वर्ग (काठमाडौँ, पोखरा र दिपायल) मा अब पेट्रोलको मूल्य प्रति लिटर रु. २१७.०० कायम भएको छ ।

डिजेल र मट्टितेल: प्रति लिटर रु. १२.०० ले गिरावट आएको छ । तेस्रो वर्गमा यसको नयाँ मूल्य रु. २२५.०० तोकिएको छ । खाना पकाउने ग्यास (LP Gas): प्रति सिलिन्डर रु. १५०.०० ले वृद्धि भई अब रु. २१६०.०० (१४.२ केजी) पुगेको छ । हवाई इन्धन: आन्तरिकतर्फ प्रति लिटर रु. ७.०० र अन्तर्राष्ट्रियतर्फ प्रति किलोलिटर अमेरिकी डलर ४६ ले वृद्धि गरिएको छ ।
Post Views: 25











