दिनु पर्ने बेलामा नमिठो वचन दियो । [ दुई मुक्तक ]

दुई मुक्तक
टाढा हुनु रहर होइन बुझ्नु पर्छ तिम्ले ।
माया प्रेम क्षणभर होइन बुझ्नु पर्छ तिम्ले ।।
हाम्रै भविष्य सुन्दर बनाउन यो बाटो चुने
यो परदेश हो, घर होइन बुझ्नु पर्छ तिम्ले ।।

—————–00——————

मन दियो तन दियो धड्कन दियो ।
मागे जति एकएक गरि झन झन दियो ।।
कसैलाइ यति धेरै विस्वास नगर्नु
दिनु पर्ने बेलामा नमिठो वचन दियो ।।

©बिमल अधिकारी “SBA”

कावासोती,नवलपुर ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Comment

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...

Search