६६ करोडको क्रिप्टोकरेन्सी कारोबार गरेको आरोपमा तीन पक्राउ

Share on facebook
Share on twitter
Share on linkedin
Share on pinterest

काठमाडौँ — पछिल्लो दुई बर्षमै ६६ करोड ७९ लाख रुपैँयाको प्रतिबन्धित क्रिप्टोकरेन्सीको कारोबार गरेको भन्दै प्रहरीले तीनजनालाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाले २२ बर्षिय अनुप मिश्र, २४ बर्षिय दिपेश थापा र २७ बर्षिय राहुल चचानलाई पक्राउ गरेको हो ।

महाशाखाका अनुसार अनुप मिश्रले सन् २०२१ देखि कारोबार गरेको र उनी एक्लैले यो अवधीमा ३५ करोड ४६ लाख रुपैँयाभन्दा धेरैको कारोबार गरेको जनाएको छ । प्रहरीले उनको खातामा १२ हजार ८ सय अमेरिकी डलर बराबरको बिटक्वाईन रहेको समेत फेला पारेको छ ।

पक्राउ परेका दिपेश थापाले पनि सन् २०२१ देखि नै क्रिप्टोकरेन्सीको कारोबार गरेको र उनले २४ करोड ७९ लाख भन्दा धेरैको कारोबार गरेको अनुसन्धानमा देखिएको जनाएको छ । प्रहरीले उनको खातामा १३ सय ९९ अमेरिकी डलर बराबरको बिटक्वाईन रहेको समेत फेला पारेको छ ।

पक्राउ परेका राहुल चाचानले भने पछिल्लो एक बर्षदेखि क्रिप्टोकरेनसीको कारोबार गरेको र उनले ६ करोड ५३ लाख भन्दा धेरैको कारोबार गरेको अनुसन्धानमा देखिएको छ । प्रहरीले उनको खातामा ६ सय ५१ अमेरिकी डलर बराबरको बिटक्वाईन मौज्दात रहेको जनाएको छ ।

अपराध महाशाखाका अनुसार उनीहरुलै दैनिक ५ हजार देखि ५० हजार अमेरिकी डलरसम्मको बिटक्वाईनको कारोबार गर्ने गरेको जनाएको छ । महाशाखाले भनेको छ, उनीहरुले व्यापारिक प्रयोजनका सामाग्रीहरु विदेशबाट आयात गर्दा समेत अनलाईनमार्फत क्रिप्टोमै रकम तिर्ने गरेको समेत देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...