हिम्लुङ हिमपहिरोमा मृत्यु हुनेको संख्या १५ पुग्यो, एक जना अझै बेपत्ता

मनाङको हिम्लुङ हिमालमा गएको हिमपहिरोमा परी मृत्यु हुने आरोहीको संख्या १५ पुगेको छ । बिहीबार थप आठ जनाको शव फेला परेसँगै मृतकको संख्या १५ पुगेको हो ।

असोज ११ गते नार्फाभूमि गाउँपालिका–५ स्थित हिम्लुङ हिमालमा गएको हिमपहिरोमा १६ जना बेपत्ता भएका थिए । तीमध्ये ११ जना दोस्रो दिन सम्पर्कमा आएका थिए ।

बुधबार तीन तथा आइतबार र सोमबार चार जनाको शव फेला परेको थियो । अझै एक जना बेपत्ता छन् । खराब मौसमका कारण उद्धारमा कठिनाइ भइरहेको भए पनि खोजी कार्य जारी रहेको उद्धार टोलीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Comment

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...

Search