Category: नवलपुर

  • विमान दुर्घटनाको शोकमा राष्ट्रिय झण्डा आधा झुकाइने

    विमान दुर्घटनाको शोकमा राष्ट्रिय झण्डा आधा झुकाइने

    काठमाडौँ- सौर्य एयरलाइन्सको विमान दुर्घटनामा ज्यान गुमाउनेहरूको शोकमा राष्ट्रिय झण्डा आधा झुकाउने भएको छ ।

    आज (बुधबार) सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले यस्तो निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।

    बैठकले विमान दुर्घटनाप्रति स्तब्ध भएको भन्दै मृतकप्रति श्रद्धाञ्जली व्यक्त गरेको छ । साथै शोकाकुल परिवारप्रति समवेदना प्रकट गरेको छ ।

    यस्तै दुर्घटनाको छानबिन गर्न रतिशचन्द्र लाल सुमनको नेतृत्वमा ५ सदस्यीय जाँचबुझ आयोग गठन गर्ने निर्णय गरेको छ ।

  • एस.इ.इ मा एनजि ल्याएका विद्यार्थी हरुलाई निशुल्क पढाउने तयारी गर्दै रास्वपा प्रदेश सभापति गौतम

    एस.इ.इ मा एनजि ल्याएका विद्यार्थी हरुलाई निशुल्क पढाउने तयारी गर्दै रास्वपा प्रदेश सभापति गौतम

    नवलपुर । राष्ट्रिय स्वतन्त्र पार्टी गण्डकी प्रदेश सभापति तथा केन्द्रीय सदस्य राजन गौतमले एस.इ.इ मा एनजी ल्याएर ग्रेडवृद्धिको परीक्षा दिने विद्यार्थीलाई निःशुल्क पढाउने भएका छन्।

    गौतमले बुधबार सामाजिक सञ्जाल फेसबुकमा लेख्दै पूर्वी नवलपरासी क्षेत्र नम्बर १ बाट ग्रेड वृद्धिको परीक्षा दिने विद्यार्थीलाई अनिवार्य र अप्सनल गणित विषयको दैनिक २ घण्टा निशुल्क कक्षा सञ्चालन गर्ने घोषणा गरेका हुन्।

    उनका अनुसार कक्षा सञ्चालन यही असार २८ गते शुक्रबार बाट सञ्चलान हुनेछ।

    उनी २०७९ सालको प्रतिनिधि सभा सदस्यको निर्वाचनमा नवलपरासी क्षेत्र नम्बर १ बाट रास्वपाको उम्मेदवावर बनेका थिए। कांग्रेस नेता शशांक कोइरालासँग २ हजार ७ सय ६२ मतले पराजित भएका हुन्।

    उनी त्यसअघि देवचुली कलेज रजहर नवलपुरको प्रमुख थिए।

  • नेदरल्याण्डसलाई हराउदै इङल्याण्ड युरोकपको फाइनलमा

    नेदरल्याण्डसलाई हराउदै इङल्याण्ड युरोकपको फाइनलमा

    इङल्याण्ड युरोकपको फाइनलमा पुगेको छ । जारी युरोकपको सेमिफाइनलमा नेदरल्याण्डसलाई २-१ गोल अन्तरले पराजित गर्दै इङल्याण्ड प्रतियोगिताको फाइनलमा पुगेको हो ।

    १-१ खेलको बराबरीमा रहेको खेलमा खेलको ९०औं मिनेटमा इङल्याण्डका ओली वाटकिन्सले गोल गर्दै इङल्याण्डलाई फाइनलमा पुर्याएका हुन् । यस अघि खेलको सातौं मिनेटमा जाभी सिमन्सको गोलमा नेदरल्याण्डसले शुरुवाती अग्रता लिएको थियो । त्यसपछि खेलको १८औँ मिनेटमा ह्यारी केनले पेनाल्टीमार्फत गोल गर्दै खेल बराबरी गरेका थिए ।

    यो जितसँगै इङल्याण्ड लगातार दोस्रो पटक युरोकपको फाइनलमा पुगेको छ । यस अघि २०२० मा सम्पन्न युरोकपको फाइनलमा इङल्याण्ड इटालीसँग पराजित हुदै उपविजेता बनेको थियो ।

    अब फाइनलमा इङल्याण्डले उपाधिको लागि स्पेनको सामना गर्नेछ । फाइनल खेल आइतबार राति हुनेछ ।

  • मनसुन सक्रिय हुने सम्भावना भएकाले सतर्क रहन आग्रह

    मनसुन सक्रिय हुने सम्भावना भएकाले सतर्क रहन आग्रह

    काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले बुधबार रातिदेखि असार २९ गते बिहानसम्म मुलुकका अधिकांश क्षेत्रमा मनसुन सक्रिय हुने सम्भावना रहेको जनाउँदै आवश्यक सतर्कताका लागि आग्रह गरेको छ ।

    महाशाखाका अनुसार हाल मनसुन न्यूनचापीय रेखा पश्चिममा सरदर स्थानको आसपास र पूर्वमा सरदर स्थानभन्दा उत्तरतर्फ (नेपालको दक्षिण भूभाग÷सिमाना आसपास) रहेको छ । बुधबार रातिबाट उक्त रेखा अझ नेपालतिर सर्ने सम्भावना देखिएको महाशाखाले जनाएको छ । साथै बिहिवार देखि नेपाल आसपास क्षेत्रको उपल्लो वायुमण्डलमा पश्चिमी न्यूनचापीय प्रणाली विकसित हुने सम्भावना देखिएको छ । यी दुवै प्रणालीको प्रभावले बुधबार रातिदेखि २९ गते बिहानसम्म नेपालमा मनसुन सक्रिय हुने सम्भावना देखिएको छ । महाशाखाले मनसुन विशेष मौसम बुलेटिन प्रकाशितगरी सतर्कताका लागि अनुरोध गरेको हो ।

    बुधबार रातिदेखि असार २९ गतेको बिहानसम्म देशभर साधारणदेखि पूर्णतया बदली रही कोशी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेशका अधिकांश स्थानमा र कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

    साथै सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका एक–दुई स्थानमा भारी वर्षा तथा कोशी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानमा भारीदेखि अतिभारी वर्षाको सम्भावना रहेको छ ।

    त्यस अवधिमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको, सहरी तथा तराई क्षेत्रमा डुबानको जोखिम रहेको, ठूला तथा साना नदी नाला र खोलामा पानीको सतह बढ्नसक्ने, दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन, सडक तथा हवाई यातायातसमेत प्रभावित हुनसक्ने भएकाले आवश्यक सतर्कताका लागि अनुरोध गरिएको छ ।

  • विश्व कप क्रीकेटको उपाधी संगै रोहित र विराटको सन्यास

    विश्व कप क्रीकेटको उपाधी संगै रोहित र विराटको सन्यास

    भारतले आईसीसी टी-२० विश्वकप क्रिकेटको उपाधि जितेको छ । शनिबार सम्पन्न फाइनलमा दक्षिण अफ्रिकालाई स्तब्ध पार्दै भारतले विश्वकपको उपाधि जितेको हो ।

    बार्बाडोसस्थित केन्सिङ्टन ओभल स्टेडियममा भारतले दक्षिण अफ्रिकालाई ७ रनले पराजित गरेको हो । यससँगै पहिलो पटक टी-२० विश्वकपको उपाधि जित्ने दक्षिण अफ्रिकाको सपना चकनाचुर बनेको छ ।

    भारतीय क्रिकेट टिमका कप्तान रोहित शर्मा र पुर्व कप्तान विराट कोहलीले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका छन् ।

    शनिबार भारतले विश्वकप उपाधि जितेलगत्तै वेस्ट इन्डिजमा रोहित शर्मा र विराट कोहलीले टी–२० अन्तराष्ट्रियबाट बिदा लिएको घोषणा गरेका हुन् ।

  • गण्डकी प्रदेश लगायत देशका अधिकांस स्थानमा वर्षा हुने

    गण्डकी प्रदेश लगायत देशका अधिकांस स्थानमा वर्षा हुने

    काठमाडौं । गण्डकी प्रदेश लगायत कोशी, मधेस, बागमती र कर्णाली प्रदेशमा साधारणतया देखि पूर्णतया बदली रही बाँकी भू–भागमा आंशिक देखि सामान्य बदली भएको छ मौसम बिभागले जनाएको छ ।

    कोशी, मधेस, बागमती, गण्डकी र कर्णाली प्रदेशको केही स्थानहरूमा मेघ गर्जनसहित हल्का देखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसो देशभर साधारणतया देखि पूर्णतया बदली रहने छ ।

    कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जनसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    कोशी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरू र बाँकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ । आज राती देशभर साधारणतया देखि पूर्णतया बदली रहने महाशाखाको अनुमान छ ।

    कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाको सम्भावना छ ।

    काठमाडौंमा पछिल्लो २४ घण्टामा ० दशमलव २ मिलिमिटर वर्षा भएको छ यो अवधिमा सबै भन्दा धेरै जिरीमा ५१ मिलिमिटर वर्षा भएको महाशाखाले जारी गरेको बुलेटिनमा उल्लेख छ ।

  • भारत विश्वकपको फाइनलमा, उपाधिका लागि दक्षिण अफ्रिकासँग खेल्ने

    भारत विश्वकपको फाइनलमा, उपाधिका लागि दक्षिण अफ्रिकासँग खेल्ने

    काठमाडौं । भारत आइसीसी टी२० विश्वकपको फाइनलमा प्रवेश गरेको छ ।

    वेस्ट इन्डिजको गयानामा भएको दोस्रो सेमिफाइनल खेलमा इंग्ल्यान्डलाई ६८ रनले हराउँदै भारत फाइनलमा प्रवेश गरेको हो ।

    भारतले दिएको १७२ रनको लक्ष्य पछ्याएको डिफेन्डिङ च्याम्पियन इंग्ल्यान्ड १६.४ ओभरमा अलआउट हुँदै १०३ रन मात्र बनाउन सक्यो ।

    इंग्ल्यान्डका लागि ह्यारी ब्रुकले १९ बलमा २५ तथा कप्तान जस बटलरले १५ बलमा २३ रन बनाए । जोफ्रा आर्चरले १५ बलमा २१ तथा लियम लिविगंस्टनले १६ बलमा ११ रन बनाए । अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउँन सकेनन् ।

    बलिङतर्फ भारतका लागि अक्षर पटेल र कुलदिप यादवले समान तीन तीन तथा जसप्रित बुमराहले दुई विकेट लिए ।

    त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १७१ रन बनाएको थियो ।

    भारतका लागि कप्तान रोहित शर्माले ३९ बलमा ६ चौका र २ छक्काको सहयोगमा ५७ रनको अर्धशतकीय ईनिङ खेले । सुर्यकुमार यादवले ३६ बलमा ४ चौका र २ छक्काको सहयोगमा ४७ रन बनाए । तेस्रो विकेटका लागि शर्मा र यादवले ५० बलमा ७३ रनको साझेदारी गरे ।

    हार्दिक पान्ड्याले १३ बलमा २३ तथा रविन्द्र जडेजाले ९ बलमा अविजित १७ रन बनाए ।

    इंग्ल्यान्डका लागि क्रिस जोर्डनले तीन तथा जोफ्रा आर्चर, रिच टोप्ले, साम करन र आदिल राशिदले समान एक एक विकेट लिए ।

    जितसँगै अपराजित रुपमा भारत तेस्रो पटक फाइनल पुगेको छ। भारत अब उपाधिका लागि दक्षिण अफ्रिकासँग शनिबार खेल्नेछ ।

  • नवलपुरबाट एसईईमा २ हजार नौ सय ६८ उत्तीर्ण

    नवलपुरबाट एसईईमा २ हजार नौ सय ६८ उत्तीर्ण

    नवलपुर । नवलपुरबाट एसईई दिने ६ हजार १ सय १५ जना विद्यार्थी रहेका थिए । तीमध्ये २ हजार नौ सय ६८ उत्तीर्ण भएका छन् ।

    जिल्लामा रहेका १ सय ३९ माध्यमिक विद्यालय मध्ये ८९ सामुदायिक विद्यालय हुन् । नवलपुरको नवजागरण नमुना मावीबाट दुई जना छात्रले ४ जीपीए सहित माध्यामिक शिक्षा परीक्षा (एसईई) उत्तीर्ण गरेका छन ।

    मध्यबिन्दू नगरपालिका वडा नम्बर–७ चोरमारास्थित नवजागरण नमूना माविका छात्रद्वय प्रतिक ज्ञवाली र सौगात पोखरेलले ‘फोर जीपीए’ ल्याएर उत्तीर्ण भएका हुन । उक्त विद्यालयबाट १५० जना विद्यार्थी परीक्षामा सहभागी भएकामध्ये प्रतिक र सौगातले चार जीपीए ल्याएका हुन ।

  • एसईईको नतिजा सार्वजनिक, ४७.८६ प्रतिशत उत्तीर्ण

    एसईईको नतिजा सार्वजनिक, ४७.८६ प्रतिशत उत्तीर्ण

    काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको  छ ।

    परीक्षामा सहभागी भएका कुल विद्यार्थीमध्ये ४७ दशमलव ८६ प्रतिशत विद्यार्थीमात्रै उत्तीर्ण भएका छन् । १८६ जनाले ४ जीपीए ल्याएका छन् ।

    परीक्षामा सहभागी ४ लाख ४४ हजार ७८५ जना विद्यार्थी मध्ये २ लाख ४२ हजार ९२ जना विद्यार्थीले मात्रै कक्षा ११ मा पढ्न पाउने भएका हुन् । अर्थात् परीक्षामा सहभागी भएकामध्ये ५२.१४ प्रतिशत परीक्षार्थीले ननग्रेड (एनजी) ल्याएका छन् ।

    बोर्डले यस वर्ष लेटर ग्रेडिङ निर्देशिका, २०७८ अनुसार नतिजा सार्वजनिक गरेको छ, जसमा सैद्धान्तिक र आन्तरिकको मूल्यांकन फरक–फरक रुपमा गर्ने व्यवस्था छ । विद्यार्थीले सैद्धान्तिकतर्फ हरेक विषयमा न्यूनतम ३५ प्रतिशत अंक ल्याउनुपर्नेछ ।

    ७५ अंकको सैद्धान्तिक परीक्षा हुने विषयमा न्यूनतम २६.२५ अंक र आन्तरिकतर्फ २५ पूर्णांकको परीक्षामा भने ४० प्रतिशत अर्थात् १० अंक ल्याउनुपर्नेछ । लेटर ग्रेडिङ निर्देशिका अनुसार सैद्धान्तिक र आन्तरिकतर्फ प्राप्त अंकलाई ग्रेडमा रुपान्तरण गरेर नतिजा प्रकाशन भएको छ ।

    सैद्धान्तिकतर्फ ७५ पूर्णांकको परीक्षा हुने विषयमा ३५ प्रतिशत अर्थात् २६.२५ अंक नपाएका विद्यार्थीको प्रमाणपत्रमा एनजी (नन ग्रेडेड) उल्लेख हुनेछ । र, ग्रेड वृद्धि परीक्षा नदिई कक्षा ११ मा पढ्न पाउने छैनन् ।

    साथै कुनै एक विषयमा आन्तरिकतर्फ १० र सैद्धान्तिकतर्फ न्यूनतम २६.२५ अंक नल्याएको अवस्थामा विद्यार्थीले मूल प्रमाणपत्र पाउने छैनन् । यद्यपि दुई विषयमा ग्रेड वृद्धि परीक्षा दिन पाउनेछन् ।

    दुईभन्दा बढी विषयमा न्यूनमत ३५ प्रतिशत अंक नपाएका र ग्रेड वृद्धि परीक्षा दिंदा पनि ३५ प्रतिशत अंक ल्याउन नसकेका परीक्षार्थीले अर्को वर्ष एनजी लागेको विषयमा मात्र परीक्षा दिन पाउनेछन् । परीक्षा १५ चैतदेखि २७ चैतसम्म भएको थियो ।

  • अफगानिस्तानलाई हराउदै दक्षिण अफ्रिका पहिलो पटक विश्वकपको फाइनलमा

    अफगानिस्तानलाई हराउदै दक्षिण अफ्रिका पहिलो पटक विश्वकपको फाइनलमा

    काठमाडौं- दक्षिण अफ्रिका जारी टी-२० विश्वकपको फाइनलमा पुगेको छ । आज बिहान पहिलो सेमिफाइनलमा अफगानिस्तानलाई ९ विकेटले पराजित गर्दै दक्षिण अफ्रिका पहिलो पटक विश्वकपको फाइनलमा पुगेको हो ।

    अफगानिस्तानले दिएको ५७ रनको लक्ष्य पछाएको दक्षिण अफ्रिकाले ८.५ ओभरमा एक विकेट गुमाउँदै लक्ष्य पुरा गरको थियो । यस अघि टस जितेर पहिला ब्याटिंग गर्दै अफगानिस्तान ११.५ ओभरमा अल आउट हुदै ५६ रन मात्र बनएको थियो ।

    अब पहिलो पटक विश्वकपको फाइनलमा पुगेको दक्षिण अफ्रीकाले आजै हुने दोस्रो सेमिफाइनलको भारत र इङल्याण्डबीचको विजेतासँग हुनेछ । यो खेल बेलुका सवा ८ बजे हुनेछ । फाइनल खेल पर्सि शनिवार हुँदैछ ।

    आजै दोस्रो सेमिफाइनल खेलमा डिफेन्डिङ च्याम्पियन इड्ग्ल्या भारतको सामना गर्नेछ । आज हुने नतिजाले अफ्रिकासँग फाइनल खेल खेल्नेछ ।