नवलपरासी । नवलपरासी (बर्दघा‐सुस्ता–पश्चिम )स्थित नारायणी नदीमा सुस्ता जोड्नेगरी झोलुङ्गे पुल निर्माण भएको छ । सुस्ता गाउँपालिका‐५ पक्लिहवास्थित नारायणी नदीमाथि पुल निर्माण गरिएसँगै आन्तरिक पर्यटकीय गतिविधि बढ्न थालेका छन् ।
सस्पेन्सन ब्रिज डिभिजन कार्यालयका इञ्जिनियर प्रवेत रेग्मीले पुलको भौतिक काम सम्पन्न भए पनि औपचारिक रूपमा उद्घाटन नहुँदै त्यहाँ पुल हेर्न आउनेहरूको घुइँचो लाग्ने गरेको बताए ।
उनका अनुसार २३ करोड ६५ लाख ९८ हजार आठ सयको लागतमा निर्माण भएको पुल एक हजार पाँच सय ७१ मिटर लामो र एक मिटर ६० सेन्टिमिटर चौडा छ ।
सुस्ता‐५ का वडाध्यक्ष प्रभु यादवले पुल निर्माणपछि यहाँका स्थानीय उत्साहित भएका बताए। हाल दिनहुँ यहाँ सयौँ मानिसको घुइँचो लाग्ने गरेको छ ।
Post Views: 676