सामाजिक कार्य या समाज-कार्यको छोटो अर्थ ‘समाजको लागि गर्ने काम’ हो। यो आफ्नो व्यक्तिगत काम भन्दा फरक हुन्छ। यसमा आफ्नो घर परिवार भन्दा बाहिर अन्य घर परिवारका पारिवारिक सदस्यहरु देखि ठुलो समुदाय हुदै सिंगो राष्ट्रलाइ पनि निस्वार्थ सहयोग गर्ने कार्य हो ।
सैद्धान्तिक र व्यवहारिक कुरामा जे–जति फरक भए पनि सामाजिक कार्य विशेषगरि समाज र नागरिकप्रति समर्पित कार्य हो। यो व्यक्तिगत स्वार्थबाट सधैं टाढा रहने गर्दछ। नेपालको विकास क्रममा सामाजिक सेवा तथा कार्यको पनि लामो इतिहास छ। विभिन्न कालखण्डमा धेरै अभियान्ताहरुले सामाजिक सेवाका लागि जीवन समर्पित गरेका प्रशस्तै दृष्टान्त छन्। हाल यो क्रम जारी नै छ। चरम व्यक्तिगत, पारिवारिक, नातागत र धन कमाउने स्वार्थको राजनीतिक छायाँले सामाजिक अभियान्ताहरुलाई छोपेको छ। तर, पनि अभियन्ताहरुको अभियानमा कुनै कमी आएको छैन। मन हुनेले मनले र धन हुनेले धनले दिन-दुखीको साहरा बन्दै आएका छन् विदेशमा बस्ने नेपाली ।
समाजसेवा गर्न ठूलो योगदान, धैर्यता र लगनशीलता चाहिन्छ। समाजसेवा त्यो हो जुन आफूले सहृदय र इमानदारीपूर्वक गर्न सकिन्छ।
लामो समय सक्रिय राजनीतिमा लागेका गणेश कार्की राजनितिक घात र प्रतिघातका कारण राजनीतिबाट पछि हट्दै सामाजिक कार्यमा लागेका हुन् कार्कीले छोरा आरोग्य कार्कीको जन्मदिनको अबसर पारेर सुनसरी जिल्ला बराहक्षेत्र नगरपालिका वडा ३ मा रहेको श्री जनता माध्यामिक विद्यालय नडाहामा अध्यनरत कक्षा ८ कि छात्रा अस्मिता मगराती र कक्षा ७ का छात्र मिङ्मा साङ्गे सेर्पालाई एक वर्ष पढ्न पुग्नेगरी छात्रावृत्ति प्रदान गरेका छन् ।
स्कुल ब्यबस्थापन समिति र शिक्षक शिक्षिकाहरु संग आर्थिक अभाव भएका जेहन्दार विद्यार्थी हेरि उक्त कार्य गरेको प्रधानाध्यापकले बताएका हुन् ।
One thought on “सामाजिक कार्यमा हात बढाउँदै – गणेश कार्की”
” अरुको सेवामा बिताएको जीवन नै साँचो अर्थमा जीवन हो।”
आदरणीय गणेश सर तपाईंले गरेका क्रियाकलाप र योगदानले हाम्रो समुदायमा महत्वपूर्ण प्रभाव पार्नुका साथै अरूलाई पनि सेवा गर्न प्रेरित गरेको छ। तपाईको अथक परिश्रम र सेवाको भावना हाम्रो समाजको हितमा सदैव यादगार रहनेछ।बिहानबिहानै यो समाचार पढेर अत्यन्तै गर्वको महसुस भएको छ।आशा छ, भविष्यमा पनि तपाईले यसरी नै समाजसेवामा सक्रिय भई निरन्तर योगदान पुर्याउँदै जानु हुनेछ ।