हाम्रो संसार नामक सामाजिक संस्थाले सुरु गर्‍यो ” मिसन रेड” अभियान

Share on facebook
Share on twitter
Share on linkedin
Share on pinterest

चितवन । हाम्रो संसार नामक सामाजिक संस्थाले मिसन रेड अभियान सुरु गरेको छ । संस्थाको सातौं वार्षिकोत्सबको तयारी हुँदैगर्दा संस्थाले यो अभियान संचालनमा ल्याएको हो । संस्थाको सातौं बसन्तको आवगन सँगै संस्थाले अस्पतालमा रगतको अभावले कसैको बिचल्ली हुन नपरोस भन्दै आफ्ना मेम्बरहरुको युनिटी तयार पारेको छ । अस्पताल क्षेत्रहरुलाई मध्यनजर गर्दै कोहि कसैलाई अत्यावश्यक रुपमा रगतको माग आए हाम्रो संसार संस्थामा आवद्ध रहेका सदस्यहरु बाटै सेवा दिने संस्थाकी अध्यक्ष जानुका सापकोटा बताउछिन ।

संस्थाले बिगत लामो समय देखि सामाजिक काम गर्दै आईरहेको छ । सामाजिक हितका लागि अझै दरिलो तरिकाले सक्रियता रहने संस्थाका संस्थापक तथा सामाजिक ग्रुप हाम्रो संसारका एड्मिन कृष्ण सापकोटाले जानकारी गराए । सापकोटा भन्छन सेवाकै निमित्त खोलिएको संस्था हो हिजो आपतकालिन अवस्थामा पनि हामी सेवामै थियौ र आज पनि सेवा मै छौ । हामी सँग आवद्ध रहनुहुने र हामि माथी बिश्वास र भरोसा राख्नुहुने सबैमा यसैगरी साथ रह्यो भने हामी बाट असम्भव केही छैन ।

हाम्रो संसार बाग्लुङमा दर्ता भइ बिगत केही बर्ष देखि देशैभर सामाजिककार्य गर्दै आईरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...