रातमा जहाज चढेको सपना देख्छु म – कवि अर्जुन अविरल

Share on facebook
Share on twitter
Share on linkedin
Share on pinterest

कविता

रातमा जहाज चढेकाे सपना देख्छु म

`विदेश जान्नँ आमा´
भनिरहेकाे हुन्छु म
`तँ जानै पर्छ बाबु´
भनिरहनु हुन्छ आमा
दिउँसै जहाज चढेकाे सपना देख्नु हुन्छ आमा
रातमा जहाज चढेकाे सपना देख्छु म ।

साईलाका छाेराले घर बनाईसके
माईलाका छाेराले खेत किनीसके
जेठाका छाेराले बुबा आमा उतै लगे
तँ भने यत्तिकै बस
गुनासाे आईरहन्छ आमाकाे
अनि प्रश्न गर्नु हुन्छ
तँ पढेर के गरिस् ?
तेरा संगी नपढे पनि कति गरे !
म नतमस्तक हुन्छु, नाजवाफ हुन्छु
अनि आफूले आफैलाई प्रश्न गर्छु
तैँले पढेर के गरिस् ?

संगै पढ्दा तीन पटक फेल हुनेहरू
कार चढेर हिडेका छन् आज
कक्षामा सधैं प्रथम हुने म
आज राम्राे बाईक चढ्न सकेकाे छैन ।
परिवार खुशी छैनन्
आफन्त खुशी छैनन्
त्यसैले हाेला श्रीमतिकाे पनि प्रश्न थपिन्छ
पढेर के गर्नु भाे ?
हाे त मैले के गरें ?

न त मैले भ्रष्टाचार गर्न जाने
न कमिसनखाेर, विचाैलिया बनें
न दलाल बनें
न त ज्यू, हजुर, चाकडी गर्न जाने
त्यसैले हाेला मैले केही गर्न सकिनँ ।।

देशकाे अवस्था उस्तै छ ।
व्यापार घाटा छ ।
मन्दी अनि महंगी बढ्दाे छ ।
बेराेजगार, गरिबी बढ्दै छ ।
त्यसैले त दिनहूँ
सयाैं युवा युवती सपनाकाे देशमा
उडिरहेका छन् ।

साहूकाे ऋण बढ्दाे छ ।
व्याज निकै चर्काे छ ।
बैंक मात्रै माेटाउने
जनता सबै दुब्लाउने
न कृषक, न त व्यापारी
सब‌ै निचाेरिएका छन् ।
त्यसैले हाेला
आमाले दिउँसै जहाज चढेकाे सपना देख्ने
श्रीमतीकाे दबाब पनि उस्तै
एकाबिहानै छाेराछाेरी साेध्छन्
`बाबा तपाई कहिले बिदेश जाने?´
`माेबाईल कहिले पठाईदिनु हुन्छ ?´
यावत प्रश्नले म आफैैं लज्जित छु ।

मुटुभरि देशकाे माया
परिवारकाे माया उस्तै
भविष्यकाे सपना छुट्टै
परिवारकाे चिन्ता
समाजकाे अवस्था
देशकाे परिस्थिति
यसैले हाेला
दिउँसै जहाज चढेकाे सपना देख्नु हुन्छ आमा
रातमा जहाज चढेकाे सपना देख्छु म ।

दिनहूँ उडेका मात्रै छैनन्
बाकसमा फर्किएका पनि छन्
सबैले बाबुआमा उतै लगेका छैनन् ।
बुढेशकालमा एक्लै भएका छन् । बिरामी हुँदा हेर्ने मान्छे छैन
मरेपछि बाेक्ने छाेराे छैन
नाति नातिनीकाे आलिङ्गन छैन ।
देशकाे बाैद्धिक शक्ति हराउँदैछ,
उर्जाशील जनशक्ति पलायन हुँदैछ,
देशकाे भाषा, संस्कृति विलय हुँदैछ ।
तरपनि
दिउँसै जहाज चढेकाे सपना देख्नु हुन्छ आमा
रातमा जहाज चढेकाे सपना देख्छु म ।

✍️अर्जुन अविरल,

कावासाेती, नवलपुर 
२०८० मंसिर ९ गते प्रकाशित गरिएको

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...