तिलपुर । सुर्योदय वोमि लघुवित्त वित्तिय संस्था लि. शाखा कार्यालय तिलपुर,नवलपरासी ब.स.प को आयोजनामा १ दिने डल बनाउने तालिम सम्पन्न भएको छ । मंगलबार शिव मन्दिरको हलमा सुरु भएको कार्यक्रममा सुर्योदय वोमि लघुवित्त वित्तिय संस्थाको सदस्य कल्पना पराजुलिको अध्यक्षतामा १ दिने डल ( गुडिया ) बनाउने तासिम सम्पन्न भएको हो । उक्त कार्यक्रममा सरावल गाउपालिका वोडा नम्बर १ को अध्यक्ष बिष्णु प्रसाद भट्टराईको प्रमुख अतित्थ्यता रहेको थियो । उक्त कार्यक्रममा बासाबसहि प्रहरी चौकि ईन्चार्ज यादब न्यौपानेले मनतब्य राख्नु भएको थियो ।
सुर्योदय वोमि लघुवित्त वित्तिय संस्थाका क्षेत्रीय प्रवन्धक भरत काफ्लेले मन्तब्य ब्यक्त गर्दै संस्था सदस्यको हक हितमा सधै अगाडि रहेको बताउनु भयो । उक्त संचालनमा रहेको डल ( गुडिया ) बनाउने तालिमको महत्त्व, आवश्यकता र हाल लघुवित्तमा देखिएका समस्याहरुको बारेमा गम्भिरतापुर्व रहेको र लघुवित्तलाई थप उर्जाका साथ अगाडि बढाउने यसै शाखाका अनुगमन अधिकृत मान प्रसाद फुयालले बताउनु भयो । १ दिने डल बनाउने तालिमको प्रशिक्षकको रुपमा सुभोद श्रेष्ठ रहनुभएको थियो भने प्रशिक्षण लिने ४० जना सदस्यहरुको सहभागिता रहेको थियो ।यस शाखाको परिचय र प्रगति बिबरण बारे यसै संस्थाका शाखा प्रमुख सुन्दर थापा क्षेत्रीले जानकारी गराउनु भयो । उक्त कार्यक्रमको सहजिकरण यसै शाखाका कर्मचारि टेक बहादुर बिक ले गर्नुभएको थियो ।