परराष्ट्र मन्त्रालयका कृष्णकुमार सुवेदीलाई दोहामा स्वागत

दोहा । परराष्ट्र मन्त्रालयको डायस्पोरा समन्वय महाशाखाका उपप्रमुख कृष्णकुमार सुवेदी (कृशु) लाई कतारमा नेपाली समुदाय तथा गैरआवासीय नेपाली संघ (एनआरएनए) कतारको समन्वयमा स्वागत तथा भेटघाट गरिएको छ ।
गैरआवासीय नेपाली संघको एसिया–प्यासिफिक सम्मेलनमा सहभागी भएर आयरल्यान्डबाट फर्कने क्रममा ट्रान्जिटका लागि दोहा आइपुगेका सुवेदीको हमाद इन्टरनेसनल विमानस्थलमा रहेको ट्रान्जिट समयको सदुपयोग गर्दै गोर्खाली रेस्टुरेन्टमा स्वागत तथा भेटघाट कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रम एनआरएनए कतारका अध्यक्ष कृष्ण पन्थीको समन्वयमा सम्पन्न भएको थियो ।
कतारस्थित नेपाली राजदूतावासमा लामो समय प्रथम सचिवका रूपमा जिम्मेवारी निर्वाह गरेका सुवेदीसँग कतारको नेपाली समुदायको निकट सम्बन्ध रहँदै आएको छ । उहाँले आफ्नो कार्यकालमा कतारस्थित नेपाली समुदायका विभिन्न समस्या र सुख–दुःखमा सहजीकरण गर्दै आउनुभएको भन्दै कार्यक्रममा सहभागीहरूले उहाँप्रति सम्मान व्यक्त गरेका थिए ।
भेटघाटका क्रममा सुवेदीले परराष्ट्र मन्त्रालयमार्फत विदेशमा रहेका नेपालीका समस्या तथा कठिनाइ समाधानका लागि निरन्तर पहल भइरहेको बताउनुभयो । उहाँले प्रवासी नेपालीका सवालमा सम्बन्धित निकायसँग समन्वय गर्दै समस्याको गाँठो फुकाउने प्रयास भइरहेको उल्लेख  गर्नुभयो ।
परराष्ट्रमन्त्री शिशिर खनालले गैरआवासीय नेपाली संघ तथा विदेशमा रहेका नेपाली समुदायको हितमा निरन्तर काम गरिरहेको बताउँदै त्यसको परिणाम महसुस हुने गरी काम गर्न केही समय लाग्न सक्ने भएकाले धैर्य र संयम अपनाउन आग्रह गर्नुभएको सुवेदीले जानकारी दिनुभयो ।
सुवेदी बिहीबार राति कतारको समयअनुसार १२ बजे हुने उडानमार्फत चीनको ग्वान्जाउ प्रस्थान गर्दै हुनुहुन्छ । उहाँ चीनमा आयोजना हुने गैरआवासीय नेपाली संघसम्बन्धी सम्मेलनमा सहभागी हुने कार्यक्रम रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Comment

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...

Search