कावासोती,नवलपुर । आदिवासी,जनजाति थारुहरुको नयाँ वर्ष खिचरीको अवसर पारेर कावासोतिमा तीन दिने खिचरी तथा माघी विशेष कार्यक्रम आयोजना हुने भएको छ ।
यहि पौष २७,२८ र २९ गते हुने कार्यक्रम कावासोती १० चिलाहा वाणखोला खुल्ला मैदानमा जन्मभुमी युवा क्लबले आयोजना गर्न लागेको हो ।
थारु जातिहरुको चिच्चर,घोघी,माछा लगायतका विभिन्न परिकार समेटियका स्टल,पहिचान झल्किने विभिन्न सामाग्रीहरु रहनुका साथै थारु गित,झाम्टा,बाजा एवं नृत्यहरु राष्ट्रिय तथा स्थानिय कलाकारको बेजोड प्रास्तुती रहेने कार्यक्रम संयोजक कंशविर मुखियाले जानकारी गराउनु भयो ।
संस्कृति जर्गेना हाम्रो अभियान भन्ने मुल नारा लिएर यश छेत्रमा बसोबास गर्ने आदिवासी थारुजातिहरुको आफ्नो संकृती आफ्नोपन सधैका लागि जिवित राखी रहन सहयोग पुर्याउनु कार्यक्रमको मुख्य उदेश्य रहेको जन्मभुमी युवा क्लबका अध्यक्ष प्रेम बहादुर मुखियाले बताउनु भयो ।