चितवन- २ मा रवि लामिछाने २५२२ मतले अगाडि

चितवन : चितवन निर्वाचन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने २५२२ मतान्तरले अग्रता लिएका छन्।

लामिछानेले १८ हजार ४५४ मतगणना हुँदा ७ हजार ५२१ मतसहित अग्रता लिएका हुन्।

नेकपा एमालेका उम्मेदवार कृष्णभक्त पोखरेलले ४ हजार ९९९ मतसहित रविलाई पछ्याउँदै छन्।

नेपाली कांग्रेस उम्मेदवार उमेश श्रेष्ठ तेस्रो स्थानमा छन्। काङ्ग्रेसका श्रेष्ठले ४ हजार ६९४ मत प्राप्त गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Comment

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...

Search