नवलपुर । नवलपुरका स्वतन्त्र उमेदवार चित्र ध्वज जि.सीले नवलपुर विकासको लागि यसपाली मत परिवर्तन गर्न सके मात्र सम्भव रहेको बताउनु भएको छ । नवलपुर क्षेत्र न. १ का प्रतिनिधि सभा सदस्य पदका स्वतन्त्र युवा उमेदवार चित्र ध्वज जि.सीले घरदैलोको क्रममा नवलपुर विकास साच्चिकै खोजेकै हुन भने नवलपुरका जनताले यो पटक आफ्नो भोट परिवर्तन गर्नै पर्ने बताउनु भएको हो । आसन्न मंसिर ४ गते हुन गएको निर्वाचनमा तन मन र बचनका साथ सबै युवाहरुले विकासको मोडालिटी तयार पार्ने नै सोच बनाएका हौं भने अब एक पटक पुस्ता देखि बन्द गरिएका आँखा खोलेर मैदानमा उत्रन सबै युवाहरुलाई आह्वान समेत गर्नु भएको छ ।
विगत लामो समय देखि घाईते रहेको नवलपुरको अवस्थामाथी आश्वासनका भरमा जनतालाई झुक्काउने र भोट जितेर गएपछी फर्केरै नआउने त्यस्ता प्रणालिको अन्त्य गर्न भएपनी यो निर्वाचनमा एक पटक ब्युँझनु पर्ने भन्दै जि.सीले सबै जनता समक्ष हात जोडेर अनुरोध समेत गर्नु भएको थियो ।
निर्वाचनमा हार जित त हुने नै गर्छ तर अब पनि हामिले गलत ब्यक्तिकै पछि लागेर भोट दिएर जिताएर पठायौं भने हार मेरो मात्र हैन नवलपुरका समग्र बा, आमा लगायत सबै युवाहरुको हार हुनेछ । हामी आफै जिताएर पठाउँछौ अनि जितेर गएपछी फर्केरै नआईदिँदा नवलपुर यतिखेर प्यारालाईस लागेर लङगडो अवस्थामा पुगेको छ । जि.सीले भावुक हुँदै भने विकासको मतलब सडक मात्र हैन, हाम्रो क्षेत्र नेपालकै मध्यस्थल पर्छ र हर जो कोहिलाई अवलोकन भ्रमण गर्न पनि सहज पर्छ, तर पर्यटन भित्राएर पनि हामिले हाम्रो नवलपुरलाई चिनारी बनाउन सक्छौ, थारु समाज छन तर थारु जातिको रितिरिवाज र संकृती लोप हुँदै गएको छ त्यसको चिनारिको रुपमा संग्राहलाय बनाएर पर्यटन भित्राउन सक्छौ, बिद्यालयमा शैक्षिक गुणस्तर मापन गरि शिक्षालाई अझै गुणस्तरिय बनाउन सक्छौ जसले गर्दा शिक्षा लिन अन्य क्षेत्र बाट नवलपुर भित्रनेको संख्या बढ्नेछ । मनोरन्जनका लागि पार्कहरुको डिजाईन तयार पारी खाली जग्गामा सरकारी कर तिरेर पर्यटकको निमित्त पार्कको राम्रो ब्यबस्था गर्न सक्छौ, देवचुली डाँडा बाट हिमालको अवलोकन गर्न सकिन्छ त्यसलाई ब्यबस्थित गरि पर्यटन प्रवर्दनको लागि पहल गर्न सक्ने उहाँले बताउनु भयो ।
हामिले धेरै पटक हेर्यौं, अब यो पटक आफ्नो मत परिवर्तन गरेर हेरौं भन्दै यो निर्वाचनमा स्वतन्त्र रुपमा रहेको क्रस खुकुरी चिन्हमा भोट गरि नवलपुरलाई पुनः ५ बर्ष पछाडी धकेलिन बाट जोगाउन आफुलाई भोट गरि जिताउन आग्रह गर्नुभयो ।