कञ्चनपुरमा बाढीले झोलुंगे पुल बगायो, बस्ती डुबानमा

Share on facebook
Share on twitter
Share on linkedin
Share on pinterest

असोज १, २०७९
महेन्द्रनगर । कञ्चनपुरमा अविरल वर्षापछि आएको बाढीले झोलुंगे पुल बगाएको छ । बाढीले शुक्लाफाँटा नगरपालिका–१२ स्थित बनहरा नदीमाथिको झोलुंगे पुल बगाएको हो । सो पुलले तिलकी र देखतभूलीलाई जोडेको थियो ।

तीन वर्षअघि उक्त नदीमा झोलुंगे पुल निर्माण गरिएको हो । बाढीले पुल बगाएपछि स्थानीयलाई आवतजावत गर्न गाह्रो भएको छ । नदीको दुवैतर्फको आवागमन अहिले ठप्प रहेको स्थानीय लक्ष्मण चौधरीले जानकारी दिए ।बाढीले सो क्षेत्रमा निरन्तर कटान गरिरहेको छ । बाढीले नदी किनारका बस्तीमा क्षति पुर्‍याएको छ । शुक्लाफाँटा–१२ मा बाढीले गाईवस्तु समेत बगाएको छ ।

नदी किनारका बस्ती डुबानमा परेका छन् । बाढीका कारण कृष्णपुर, लालझाडी, बेलौरीलगायत क्षेत्रका बस्ती डुबानमा परेका छन् । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...