चितवन – चितवनमा कारले मोटरसाईकललाई ठक्कर दिँदा नेपाली सेनाको मृत्यु भएको छ । भरतपुर महानगरपलिका वडा नम्बर १५ रामपुर कृषी क्याम्पस अगाडी कारले मोटरसाईकललाई ठक्कर दिँदा तनहुँ देउराली ७ घर भई हाल कालिबहादुर गण भरतपुरमा कार्यरत नेपाली सेनाको अमल्दार बर्ष ३३ का सुरज गुरुङको मृत्यु भएको हो ।
(आईतबार) बिहान ९ :१० को समयमा भरतपुरबाट चनौली तर्फ आउदै गरेको ग२ च ९०६२ नं.को कारले चनौलीबाट चौबिसकोठी तर्फ जादै गरेको ना३३प १४५५ नं.को मोटरसाईकललाई ठक्कर दिंदा उनी गम्भिर घाईते भएका थिए ।
कारको ठक्करबाट गम्भिर घाईते भएका उनको उपचारको लागि नयाँ मेडिकल कलेज भरतपुर ल्याईएको थियो । उनको आजा १ :३५ बजे उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । प्रहरिले कार, कार चालक राज कुमार गरुङ नियन्त्रणमा लिई अनुसन्धान भईरहेको जनाएको छ ।
Post Views: 368