शिलान्यास भएको ११ वर्षमा पनि पुल नबनेपछि ठेक्का तोडिएको

Share on facebook
Share on twitter
Share on linkedin
Share on pinterest

संखुवासभा। संखुवासभा र भोजपुर जोड्ने अरुण नदीमा शिलान्यास भएको ११ वर्षमा पनि पुल नबनेपछि ठेक्का तोडिएको छ। सडक डिभिजन तुम्लिङटारले स्वच्छन्द निर्माण सेवासँगको पुल निर्माणको ठेक्का तोडेको हो।

सम्झौता भएको ११ वर्षमा पनि पुल निर्माण सम्पन्न नभएपछि ठेक्का तोडिएको सडक डिभिजन तुम्लिङटारले जनाएको छ।

पाँच वर्षअघि भोजपुरका नागरिकहरूले सडक डिभिजन कार्यलय तुम्लिङ्टारमा ज्ञापन पत्र बुझाएका थिए।

भोजपुर र संखुवासभाको सीमाना भएर बग्ने अरुण नदी माथिको तुम्लिङ्टार लम्छुवा दिङ्ला जोड्ने पक्की पुल निर्माण कार्य अलपत्र परेपछि ठेक्का तोडेको सडक डिभिजन कार्यालयले जानकारी दिएको छ ।

तीन वर्षमा निर्माण सम्पन्न गर्ने गरी २०६८ साल मंसिरमा शिलान्यास भएको थियो। १४ करोड लागतमा पुल निर्माण कार्य दुई वर्ष अघि नै सम्पन्‍न हुनुपर्ने भएपनि राजनीतिक खिचातानीकै कारण पुलको डिजाईन परिवर्तन भयो भने लागत रकम बढेर २० करोड रुपैयाँभन्दा धेरै पुगेको छ ।

१ सय ६७ मिटर लामो यो पुलमा ६ वटा पिल्लर मात्रै उठाउने काम भएको छ।समयमै पुलको काम नसकिँदा स्थानीयहरू काठको डुंगामा जोखिमपूर्ण यात्रा गर्न बाध्य छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...