सानोजातको सानै बुद्धि परम्परा देखि चलिआएको संस्कार मान्छौं – वडा अध्यक्ष आले

Share on facebook
Share on twitter
Share on linkedin
Share on pinterest

नवलपरासी बर्दघाट सुस्ता पूर्व विनय त्रिवेणी गाउँ पालिका वडा न २ कि दिलमाया विश्वकर्मा आमा समूहको सचिव पनि हुन । आमा समूहले बिहे भोज , मर्दा पर्दा सहयोग , भाडा बर्तन समेत नि शुल्क सहयोग गर्छन् । कसैको घरमा बिहे र कसैको घरमा मृत्यु परेमा दुना , टपरी , दाउरा सहयोग गर्न आमा समूह जान्छन् ।

घटना यही ज्येष्ठ १३ गते दिलमाया बिक आफ्नो घरबाट ३ घर मात्र पर छिमेकी पार्वती चापागाईँको घरमा छोराको मृत्युको १३ औँ कामको लागि सहयोग गर्न घरको आगमनमा टेन्ट लगाएर छिमेकी सबैले दुना टपरी गाँस्दै गरेको ठाउँ आफू पनि छिमेकीलाई सहयोग गर्न टपरी लगाउन पुग्छिन् ।

आफू जाँदा छिमेकी २,३ जना दिदि बहिनीहरु टपरी गाँसिरहेका थिए र आफू पनि गएर टपरी गाँस्न थालिन तर सोही घरकी चापागाईँले दलितले टपरी छुन नहुने अपवित्र हुने भन्दै टपरी नलगाउन र पात नछुनु भने पछि त्यहाँ दुई जना बिच विवाद सुरु भएको थियो । पीडित दिलमाया बिक का अनुसार आ फुलाइ यसरी सिधै जातीय आधारमा अपमान भए पछि आफू सहन नसकी सबै पातहरू छोएर ल अब यो बनको पात पनि दलितले छोएको छ सारा रुख , हावा पनि दलितले छोएको छ अब के गर्छौ ? भनी प्रतिवाद गरिन तर छिमेकी दिदीबहिनी कोही पनि यो गलत हो जातीय विभेद गर्न हुन्न भनी नबोलेको गुनासो गरिन ।

घटना यतिमा मात्र सीमित रहेन चापागाईँका छोराले दिलमायालाई समातेर घरतिर लखेटे दिलमायाले भन्छिन् आमा त बुढी छिन बुझिनन् तर पढे लेखेको छोराले समेत जातपातको कुरा गर्न हुन्न भनी आमालाई सम्झाएन उल्टै मेरो घरमा किन आइस भनी गालिबेइज्ती गर्यो । दिलमायालाई आफू भित्र लागेको यो अपमानको पिडाले सुत्न दिएन उनी मिलाप नेपाल संस्थामा न्याय माग्न पुगिन मिलापका अध्यक्षको सहयोगमा प्रहरी कार्यालयमा न्यायको आसामा निवेदन लिएर पुगिन ।

१३ औँ दिनको काम सके पछि बोलाउने भने पछि उनी न्यायको पर्खाइमा बसिन १३ गते दुबई पक्षहरू बो लाइ जी .प्र. का कावासोतीमा छलफल भयो । उमेर वृद्ध भएकी चापागाईँले आफ्नो गल्तीको महसुस गरेर अब आइन्दा यस्तो नगर्ने भनी माफी मागे पछि सहमतिमा मेलमिलाप भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...