कावासोती १४ मा काङ्ग्रेसका उम्मेदवार एमालेमा प्रवेश

Share on facebook
Share on twitter
Share on linkedin
Share on pinterest

कावासोती । चुनाव नजिकिँदै  जादा एमाले प्रवेशको लहर चलेको छ । कावासोतीका विभिन्न वडामा एमाले प्रवेशको लहर चलेको छ । आज कावासोती १४ मा काङ्ग्रेस बाट महिला सदस्यमा उम्मेदवार बन्नु भएकी सञ्जु महतो सहित ५५ बढि एमालेमा प्रवेश गरेकाछन् । काङ्ग्रेसबाट वडा सदस्यको उम्मेदवार बन्नु भएका महतो एमालेमा प्रवेश गर्नुभएको हो । एमालेले मात्रै विकास र समृद्धिको एजेन्डा अघि बढाउन सक्ने भएकाले आफू लगायत एमालेमा प्रवेश गरेको महतोले बताउनुभयो ।


कावासोती १४ मा महतोलाई काङ्ग्रेसले वडा सदस्यमा अघि सारेको थियो । अन्तिम नामावलीमा नाम कायम रहेकै अवस्थामा पछि काङ्ग्रेसले माओवादीका सदस्य उम्मेदवारलाई अघि बढाएको छ।
एमालेले मेयरका उम्मेदवार विष्णुप्रसाद भुसाल र उप मेयरका उम्मेदवार फुल कुमारी थनेत सहित अहिले घरदैलो कार्यक्रम गरिरहेको छ । उम्मेदवारहरु आफ्ना एजेन्डा बोकि मतदाताको घरदैलोमा पुगिरहेकाछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...