सुकुम्बासीहरुको लालपुर्जा समस्यालाई समाधान गर्छौ- भानु भक्त अधिकारी

पोखरा । यतिखेर देशैभर उम्मेदवारहरुको प्रचारप्रसार तथा घरदैलो कार्यक्रम व्यापक रुपमा बढिरहेको छ। यहि क्रममा पोखरा महानगरपालिका वडा न. १ का ने.क.पा (मावोवादी केन्द्र) का उम्मेदवार हरुले पनि आफ्नो चुनावी प्रचार प्रसार तथा घरदैलो कार्यक्रमलाई तिब्र रुप दिइरहेका छन।

यसै क्रममा मंगलबार गाईघाट तथा त्यस वरपर गरिएको प्रचार प्रसार तथा घरदैलो कार्यक्रममा स्थानीय बासिन्दाहरुले बाटो, घर, सडक बत्ती, बाईस घर जग्गा अतिक्रमण समस्या, सुकुम्बासीलाई लालपुर्जा को समस्याहरु लगायतका जटिल रुपमा रहेको बताएका थिए। नागरिकको समस्या बुझ्दै वडाध्यक्षका उम्मेदवार भानु भत्त अधिकारीले गाइघाटमा मात्र नभएर समस्त वडामा नै यस किसिमका समस्याहरु साथै शिक्षा, स्वास्थ्य, कृषि, शुसासन र खेलकुद लागायतको क्षेत्रमा यस्ता किसिमका समस्याहरु ब्याप्त रुपमा रहेको हुदा आफुले नेतृत्व पाएपछि यी समस्याहरुलाइ प्राथमिकतामा राखी कार्य र सुकुम्बासीहरुलाइ लालपुर्जा प्रदान गर्नका लागि आवश्यक कार्यहरु गर्ने प्रतिबद्धता ब्यत्त गरेका थिए ।

पोखरा महानगरपालिका वडा नम्बर १ मा ने.क.पा. (माओवादी केन्द्र) को तर्फबाट वडा अध्यक्ष पदमा भानुभक्त अधिकारी,खुल्ला सदस्य पदमा रूद्र प्रसाद लुईटेल ,खुल्ला सदस्य पदमा धन बहादुर तामाङ, महिला सदस्य पदमा मिना कोइराला र महिला दलित सदस्य पदमा कल्पना दमाई लगायत सम्पूर्ण प्यानल नै चुनावि मैदानमा उत्रीएका छन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Comment

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...

Search