सुनवल नगरपालिका १३ मा माओवादी केन्द्र बाट अध्यक्ष पदमा मदन पन्थको उमेदवारी

Share on facebook
Share on twitter
Share on linkedin
Share on pinterest

मुक्तिराम पौडेल (राजु)

पश्चिम नवलपरासी, सुनवल। सुनवल-पछिल्लो साताबाट नेपाल पूर्ण तय चुनावमय बनेको छ र विभिन्न ठाउँमा विभिन्न उम्मेदवारहरुले आफ्नो आफ्नो घोषणापत्र सार्वजानिक गरेका छन्।

सुनवल नगरपालिका वाड नम्बर १३ मा पनि चुनावको राम्रै चहलपहल देखिन्छ यसै अन्तर्गत माओबादी केन्द्र ( नेपाल कम्युनिस्ट पार्टी) को वडाध्यक्षको उमेदवारमा मदन पन्थ र वडा सदस्यमा श्यामप्रसाद क्षेत्रि, डिलाराम तिवारी, महिला सदस्यमा शैलुन खातुन र दलित महिला सदस्यमा शुशिला सुनार ले उम्मेदवारी दिनुभएको छ ।

वडाध्यक्षकाे उम्मेदवारी दिनुभएको मदन पन्थ विभिन्न सामाजिक कार्यहरुमा पहिलेदेखि नै कार्यरत रहनु भएको र अब आउने दिनहरुमा सम्पूर्ण समाज वर्ग र जातिलाई समान तरिकाले भेदभाव नगरी विकासका कार्यहरु गर्ने बताउनुभएको छ।  यसअघि उहाँ बन संरक्षणको अध्यक्ष बिद्यालय व्यवस्थापनको अध्यक्ष, जनशक्ति विकास प्रतिष्ठानको कोषाध्यक्ष हुनुहुन्थ्यो । र उहाँको घोषणापत्र अनुसार शिक्षा, स्वास्थ्य, खानेपानी जस्ता महत्वपूर्ण कुराहरुलाई पहिलो स्थानमा राख्नु भएको छ भने पहिलेदेखि नै सामाजिक कार्यमा अग्रसर रहेकाले गर्दा अभ्यास गरिरहनु नपर्ने जानकारी गराउनु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...