नारायणी खबर / चोरमारा नवलपुर
१४ बैशाख
स्थानीय तहको निर्वाचन नजिकिँदै जाँदा गाउँ बस्तीमा चहलपहल बढ्दै गएको छ । दलहरू मतदाता समक्ष भोट माग्न घरदैलोमा पुग्न थालेका छन् । निर्वाचनको समयमा विशेष गरि सुकुम्बासी बस्तीमा फरक राजनीतिक दृश्य देख्न सकिन्छ ।
जग्गाको पुर्जा बिहिन बस्तीमा पुर्जाको आश्वासन कुनै नौलो विषय होइन । भनौँ निर्वाचनको समयमा सुकुम्बासी बस्तीलाई भोट बैंकको रुपमा प्रयोग गर्ने गरिन्छ । यही बुझी नवलपुरका विभिन्न स्थानीय तहमा केही सयम अघि नो लालपुर्जा नो भोटको आन्दोलन नै चल्यो । पुर्जा बिहिनहरुले पुर्जाको माग गरे । तर निर्वाचन सङ्घारमा आउँदा ति आन्दोलन मत्थर भए । दलहरू फेरी पुर्जाको आश्वासन बाड्न थालेका छन् । देवचुलीमा गठबन्धनले पुर्जा दिने आश्वासन सुकुम्बासी बस्तीमा बाड्न थालेका छन् । देवचुली मात्रै होइन कावासोती सहितका पुर्जा बिहिन बस्तीमा यि आश्वासन गठबन्धनले बाड्न थालेको छ । तर यही काङ्ग्रेस नेतृत्वको गठबन्धन सरकारले पुर्जा वितरणको चरणमा पुगेको बेला आयोग विघटन गरेको कतिपय पुर्जा विहीनको आरोप छ ।
नवलपुरको कावासोती सहित विभिन्न स्थानीय तहमा यस अघि केपी ओली नेतृत्वको सरकारले गठन गरेको आयोग मार्फत जग्गा नाप जाँच गरि पुर्जा वितरणको चरणमा रहेको थियो । सरकार परिवर्तन पश्चात राजनीतिक पूर्वाग्रही राखी काङ्ग्रेस नेतृत्वको सरकारले आयोगनै विघटन गर्यो । पछि आयोग स्थापना गरेपनि नवलपुरमा जिल्ला आयोग गठन अझै हुन सकेको छैन् । यसले गर्दा पुर्जा पाउने तयारीमा रहेका कतिपय सुकुम्बासी पुन निरास बनेका छन् ।
नवलपुरमा गठबन्धन बिच कसले पद पाउने भन्ने स्वार्थमा जिल्ला आयोग समेत गठन हुन सकेको छैन् । यसले गर्दा गठबन्धनले पुर्जा दिने आस सुकुम्बासी बस्तीमा मेरेको छ ।
‘एमालेको सरकार हुँदा पुर्जा पाउने आस थियो, नाप जाँच समेत सकिएको थियो, फेरी किन हो कांग्रेसको गठबन्धन सरकारले काम रोक्यो भन्ने सुने’ नाम उल्लेख नगर्ने सर्तमा देवचुलीका एक सुकुम्बासीले भने –यो सरकारले पुर्जा दिन्छ भन्ने त आशै छैन् ।
नयाँ आयोग गठन गरको भएपनि नवलपुरमा पहिले जस्तो काम नभएकोले आफूहरू फेरी निरास बनेको उनीहरूको भनाई छ ।
‘आफ्नो पद र सुविधाका लागि जिल्लामा को अध्यक्ष बन्ने भनेर हानथाप गरेका छन् भन्ने सुनेको छु ।, हामी जस्ता पुर्जा विहीनको यिनीहरूलाई के वास्ता ’–गठबन्धन भनेको आफूहरू मिलेर खाने हो भन्ने मात्रै छ , पुर्जाको लागि कति कुर्नु पर्ने हो थाहा छैन् कावासोतीका भूमिहिन पूर्ण सिंह कुमालले भन्नुभयो।
Post Views: 210