स्थानीय तहको निर्वाचनमा गठबन्धन गर्ने कुरा हल्ला मात्र हुन् : राजेन्द्र लिङ्देन

Share on facebook
Share on twitter
Share on linkedin
Share on pinterest

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले आगामी स्थानीय तहको निर्वाचनमा गठबन्धन गर्ने विषयमा निर्णय नभएको स्पष्ट पारेका छन्।

चितवनमा पत्रकारसँग कुराकानी गर्दै उनले अन्य पार्टीसँग औपचारिकरुपमा गठवन्धनको कुरा नगरेको बताए। उनले भने, “अन्य पार्टीसँग पनि औपचारिक गठबन्धन गरेर चुनाव लड्ने निर्णय गरेको छैन। यस खालका कुराकानीहरु कुनै दलसंग पनि चलाएको छैन।  ‘यसपालिको निर्वाचनमा राप्रपा देशैभर आफ्नो सामथ्र्यले लड्ने उनले बताए। उनले भने, “केही स्थानीय तहमा आवश्यकताअनुसार तालमेल भयो भने बेग्लै कुरा हो। हामीले स्थानीय तहलाई त्यसै छोड्दिने निर्णय गरेका छौँ।’

शिक्षाको विकास र सुधार नभएसम्म अन्य विकासले पूर्णता नपाउने जनाउँदै उनले स्थानीय तहमा राप्रपाले निर्वाचन जितेका ठाउँहरुमा निःशुल्क शिक्षा दिने बताए। उनले भने, ‘कक्षा १२ सम्म निशुल्क शिक्षा दिने गरी तयारी गरेका छौँ।’

फरक प्रसङ्गमा अध्यक्ष लिङ्देनले राजनीतिलाई पेशा व्यवसाय मान्नेहरु पार्टीबाट बाहिरिएको बताए। उनले भने, ‘राजनीतिलाई परिवारको श्रीवृद्धि मान्नेहरु पार्टीबाट बाहिरिएका छन्।’ देशलाई मायाँ गर्ने, राजनीतिलाई समाज सेवा ठान्नेहरु यही पार्टीमा रहेको उनको तर्क थियो। रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...