बस दुर्घटना, एकको मृत्यु, आधा दर्जन बढी घाइते

Share on facebook
Share on twitter
Share on linkedin
Share on pinterest

रामेछाप । मन्थली नगरपालिका १ मच्छेडाडीमा ब्रेक फेल भई बस दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ ।

ओखलढुंगाको घोराखरीबाट काठमाडौंतर्फ जाँदै गरेको अरनिको यातायातको बा ४ ख ४२१० नं.को बस आज (आइतबार) अपरान्ह्र दुर्घटनामा परेको हो ।

मृत्यु हुनेमा ओखलढुंगा चम्पादेवी गाउँपालिका ६ का ओम कार्की रहेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा अधिकांश यात्रु घाइते भएका छन् । खचाखच यात्रु बोकेर हिँडेको बस मच्छेडाडीको ओरालोमा ब्रेक फेल भई अनियन्त्रित बनेपछि चालकले यात्रु बचाउनका लागि मुख्य सडकबाट शाखा सडकको उकालोबाट गाडी हालेपछि अनियन्त्रित भई पल्टिएको बताइएको छ ।

बसका चालकले सावधानी नपनाएको भए ठूलै मानविय क्षति हुने घटनास्थलको प्रकृतिले देखाएको छ । घाइतेहरूको सदरमुकाम मन्थलीस्थित तामाकोशी सहकारी अस्पतालमा उपचार भइरहेको छ ।

दुर्घटनामा परी गम्भीर घाइते भएका आधा दर्जन बढी घाइतेलाई एम्बुलेन्समार्फत काठमाडौं पठाइएको छ । सामान्य अवस्थामा रहेकाको भने मन्थलीमा नै उपचार भइरहेको छ । थप विवरण आउन बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...