प्रिय मेरी मुटुको धड्कन,
यो परदेशको भीडमा पनि मेरो मन सधैं तिम्रै वरिपरि घुमिरहन्छ। यहाँ दिनहरू काममा बित्छन्, तर रातहरू तिम्रो सम्झनाले जाग्राम बस्छन् । तिम्रो हाँसो, तिम्रो बोली, तिम्रो रिसाउने बानी… सबै कुरा मनले दिनहुँ खोजिरहन्छ ।
प्रीय गिता,
जीवनले हामीलाई टाढा बनायो, तर दूरीले मेरो माया कहिल्यै घटाउन सकेन । बरु तिम्रो अभावले बुझाएँ — साँचो माया भनेको नजिक हुँदा मात्र होइन, टाढा हुँदा पनि उस्तै धड्किरहनु रहेछ ।
म यहाँ पसिना बगाइरहेको छु, केवल आफ्नो लागि होइन, हाम्रो सानो संसारको सपना सजाउन । कहिलेकाहीँ मन धेरै कमजोर बन्छ, लाग्छ — सबै छोडेर तिम्रो सामु आएर केही नभनी चुपचाप अँगालोमा हराइदिऊँ ।
प्रीय गिता,
तिमीलाई एउटा कुरा भन्न चाहन्छु — आफ्नो ख्याल राख्नू है । किनकि मेरो खुसी तिम्रो मुस्कानभित्र लुकेको छ । समयले जति परीक्षा लिए पनि, मेरो विश्वास र माया तिम्रै नाममा सुरक्षित छ ।
जुन दिन यो दूरी सकिनेछ, त्यो दिन म तिम्रो हात समाएर भन्नेछु — “हेर, हाम्रो माया दूरीभन्दा पनि बलियो रहेछ ।”
त्यतिन्जेलसम्म…
मेरो सम्झनालाई मनको कुनामा सजाएर राख्नू ।
असीम माया सहित,
तिम्रो परदेशी मान्छे… ❤️🌙 किस्मत पौडेल











