कावासोती । नवलपुरको कावासोती नगरपालिका–२ भाटटोला बेलचोकस्थित नवदुर्गा रंगशाला खेल मैदानमा चैत्र २६ गतेदेखि बैशाख ७ गतेसम्म सञ्चालन हुने आदिवासी जनजातिको सांस्कृतिक, पर्यटन, खाना तथा व्यापारिक तेस्रो नवलपुर महोत्सवको तयारी तीव्र पारिएको छ ।
महोत्सवलाई आकर्षक बनाउन स्थलमा विभिन्न संरचना निर्माणको काम धमाधम भइरहेको छ । दर्शकको आकर्षणका लागि लण्डन ब्रिज र आइफिल टावरका प्रतिकात्मक संरचना, विभिन्न जातजातिका परम्परागत घरहरू, स्टल व्यवस्थापन, साथै विभिन्न प्रकारका पिङहरू निर्माण लगायतका काम अहिले तीव्र गतिमा अगाडि बढिरहेका छन् ।
आयोजकका अनुसार महोत्सवलाई व्यवस्थित, आकर्षक र दर्शकमैत्री बनाउन अन्तिम चरणको तयारी भइरहेको छ । महोत्सवमा स्थानीय कला–संस्कृति, परम्परागत खाना, पर्यटन प्रवर्द्धन तथा व्यापारिक स्टलहरू मुख्य आकर्षणका रूपमा रहनेछन् ।
Post Views: 10










