कावासोती, पुष २५ । कावासोती नगरपालिकाको आज १४ औं नगरसभा सम्पन्न भएको छ । नगर सभालै चालु आर्थिक बर्षको बजेटबाट रु ७ कराेड ३४ लाख ५० हजारको योजना कटौती गरेको छ । नगर सभाले नगर स्तरीय चालु तथा पुजीगत योजनाको ७ कराेड ३४ लाख ५० हजारको योजना कटौती गरेको हो ।
चौधौं नगर सभामा नगर उपप्रमुख फुल कुमारी थनेतद्धारा प्रस्तुत संशोधन प्रस्तावबाट उक्त योजना काटौती गरीएको हो । साथै नगर सभाले आर्थिक ऐन, २०८० को पहिलो संशोधन प्रस्ताबाट निजी संस्थागत निर्माणकर्ताहरुले नगरपालिकामा दर्ता हुदाँ ५०००।– र व्यक्तिगत दर्ता हुदाँ रु ३५ सय कायम गरेको छ भने निजी निर्माणकर्ताहरुले नगरपालिकाले तोकेको भवन निर्माण मापदण्ड विपरित कार्य गरेमा रु १५ हजार जरीवान तोक्ने निर्णय समेत पारीत गरेको छ ।
नगर सभामा बोल्दै नगर प्रमुख बिष्णु प्रसाद भुसालले प्रदेश र केन्द्रबाट प्राप्त हुने रकम प्राप्त हुन नसक्दा बजेट कटौती गर्न परेको बताउनु भयो । साथै उहाँले श्रममा आधारीत कार्यक्रम संचालन गर्न एडिभिबाट रु १५ करोड रकम ल्याउन लागीएको बताउनु भयो ।
नगर प्रमुख भुसालले शाखागत रुपमा हाल सम्मको प्रगति विवरण आउन नसक्दा नगरपालिकाले विकाश लिन नसकेको बताउदै आगामी दिनमा पालिकाको शाखाहरुबाट प्राप्त प्रगति विवरणलाई आत्मसाथ गर्दै बजेट निर्माण तथा कार्यन्वयन गर्ने बताउनु भयो ।