कास्कि। सुर्योदय वोमी लघुवित्तले फिल्ड ब्यबस्थापन तथा उत्प्रेरणात्मक तालिम सम्पन्न गरेको छ । बनेपा १३ मा केन्द्रिय कार्यालय रहेको लघुवित्तले विभिन्न १२ वटा स्टेशन कार्यालयमा तालिम सम्पन्न गरेको छ । यसै अन्तर्गत लामाचौर स्टेशनमा फिल्डमा कार्यरत २० जना भन्दा वढि कर्मचारीहरुलाई फिल्ड ब्यबस्थापन तथा उत्प्रेरणात्मक सम्वन्धी १ दिने तालिम सम्पन्न गरेको हो ।
तालिममा सस्थाको सामन्य सेवा बिभाग प्रमुखको समेत उपस्थिती रहेको थियो भने तालिमको सहजिकरण फरक फरक शिर्षकमा सुर्य प्रसाद पौडेल, बिकास आचार्य र मेख बहादुर आले लगाएतले सहजीकरण गरेको वताइएको छ ।
तालिमको अवसरमा संस्थाका सामान्य सेवा बिभागवाट कर्मचारीलाई अत्यन्तै चनाखो भई अन्य संस्था तथा कर्मचारीहरु सँग हातेमालो गरी कार्यक्रम विस्तार गर्नका लागी उत्प्रेरणा समेत गर्नु भएको थियो भने फिल्ड कर्मचारी संस्थाको मेरुदण्ड भएको कुरामा जोड दिदै हाल लघुवित्त क्षेत्रमा विधमान विभिन्न किसिमका चुनौतीहरु लाई दृष्टिगत गरी कर्मचारीको मनोवल उच्च राख्दै कार्यक्रम लाई सवल वनाउनु कार्यक्रमको मुख्य उदेश्य रहेको र आगामी दिनमा समेत कर्मचारीको दक्षता अभिवृद्धिका लागि आवश्यक्ता अनुरुप तालिम सञ्चालन गर्नका लागि संस्था प्रतिवद्ध रहेको बताउनु भएको छ । कार्यक्रम पोखराको होटल दिपसागरमा सम्पन गरेको थियो। सहभागि कर्मचारिहरु निकै उत्साह पुर्बक सक्रिय सहभागिता जनाएका थिए।