नवलपुरमा गैंडाको आक्रमणबाट दुई जना घाइते

कावासोती । नवलपुरमा गैँडाको आक्रमणबाट दुई जना घाइते भएका छन् । कावासोती नगरपालिकाको सिमानामा रहेको लोकाहा खोला नजिकै म‌गलबार दिउँसो ११ बजे गैंडाको आक्रमणबाट दुई जना घाइते भएका हुन् ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार घाइते हुनेमा
कावासोती – ६ का स्थानीय ५० वर्षीया भुलमाया वि.क र चितवन निवासी ५० वर्षीय छमबहादुर सारु मगर रहेका छन् ।

शरिरको विभिन्न भागमा चोट लागेकाले उपचारका लागि उनीहरुलाई पुरानो मेडिकल कलेज भरतपुर पठाइएको प्रहरीले जनाएको छ । निकुन्जबाट चरिचरनका लागि गाउँमा आउने गैंडाले आक्रमण गरेको स्थानीयले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Comment

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...

Search