सामाजिक मेलमिलापको लक्ष्य बोकेर उत्तमले दिए अध्यक्षमा उमेद्वारी

दोहा । गैर आवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद् कतारको सन् २०२३–२०२५ कार्यकालको लागि अध्यक्ष पदमा उत्तम गुरुङले उम्मेदवारी घोषणा गरेका छन् ।

उनले कतारमा स्थापित सङ्घ–संस्थाका प्रमुख तथा प्रतिनिधिहरू संग गैर आवासीय नेपाली सङ्घको सवलिकरण र पृथकिरणलाई जोड दिँदै आफैलाई मतदान गर्न आह्वान गरेका हुन ।

१० औँ आईसीसी अधिवेशन हुन नसकेको अवस्थामा परराष्ट्रले संरक्षक शेष घलेलाई पत्राचार गरि अधिवेशन गर्न निर्देशन दिएपछि विधिसम्मत अधिवेशनबाट अध्यक्ष बनेका विनोद कुँवर विरुद्ध मोर्चाबन्दी गर्दै तिन अध्यक्षको विभाजनले अलग्याएको शेष घले संरक्षित एनआरएनए विनोद कुँवर पक्षलाई समेट्ने पहिलो प्राथमिकताका साथ उत्तम गुरूङले आफूलाई अध्यक्ष पदको बलियो दावेदारको रूपमा प्रस्तुत गरेका छन । यो मुद्दा अहिले कतारमा अन्य कोही पनी अध्यक्षमा उठ्नेहरूले उठाएको छैनन ।

गुरूङ विगत दुई दशक देखी कतारलाई कर्मथलो बनाई विभिन्न सामाजिक तथा सामुदायिक संस्थामा रहेर कार्यसम्पादन गरिसकेका र एनआरएन एनिसिसीको उपाध्यक्ष हुँदै २१-२३ कार्यकालमा प्रमुख सल्लाहकार हुँदा संस्थाको खस्केको गरिमालाई पुन उचॉईमा पुर्‍याउने कुरा सामाजिक संजालमा उनले प्रतिबद्घता व्यक्त गरेकाछन।

यस्ता छन उत्तम गुरुङको श्रमिकमैत्री एजेण्डा
_____________________________
क) कतारमा रहेको अर्को एनसिसिलाई समेट्दै निर्वाचित भएको पहिलो बैठकबाट वार्ता समिति गठन गरी एक महिना भित्र एकता गर्न पहल गर्ने ।

ख) हरेक ३/३ महिनामा एनसिसि कतारको आयव्यय एनसिसि कतारको अफिसियल फेसबुक र वेभसाईट मार्फत सार्वजनिक गर्नेछु ।

ग) हरेक मासिक बैठकमा आयव्यय पेस गर्ने व्यवस्था मिलाउने छु ।

घ )श्रमिक मैत्री वातावरण निर्माण गर्नुका साथै कतारमा रहेका श्रमिकका गुनासा सुन्न र दूतावाससँग सहजिकरण गर्न एक हटलाइन नम्बर सार्वजनिक गरिनेछ । साथै योग्य एक व्यक्तिलाई छनोट गरी २ वर्षको सम्झौतामा उपकरण/सामाग्री सहित जिम्मेवारी प्रदान गरिनेछ ।

ङ) सामाजिक सुरक्षा कोष तथा IPO सम्बन्धी कतारमा रहेका नेपाली बैकका प्रतिनिधिहरू सँग समन्वय गरी श्रमिकहरूलाई प्रशिक्षित गरिनेछ ।

च) नेपालबाट वैदेशिक रोजगारको लागी कतार आउने नेपाली दाजुभाइ तथा दिदी बैनीहरूलाई ब्रोकरहरूबाट ठगिन नदिन सम्बन्धित सरकारी निकाय सँग समन्वयात्मक भूमिका खेलिनेछ।

छ) कतारमा काम गर्ने नेपाली श्रमिक दाजुभाइ तथा दिदिबहिनीहरुको पारिश्रमिक, सुरक्षा तथा इन्सुरेन्सको सुनिश्चितताका लागी पहलकदमी चाल्नेछु।

ज) कतारको औद्योगिक क्षेत्रभित्र रहेका श्रमिकहरूलाई दूतावाससम्म जाने आउने सुव्यवस्थाका लागी karwa सँग समन्वय गरी सहजता प्रदान गर्ने।

झ) गैर आवासीय नेपाली सङ्घ (एनआरएनए)मा आर्थिक पारदर्शिता र संस्था शुद्धीकरणका लागी लागी विशेष पहल गर्ने ।

ञ) कतारमा रहेर श्रम गरिरहेका श्रमजीवी नेपालीहरूको दुर्घटना या मृत्युवरण भएमा निजले प्राप्त गर्ने सहुलियतका लागी द्रुत गतिमा परिवार र तत् सम्बन्धित निकाय सँग समन्वय गरी क्षतिपूर्ति उपलब्ध गर्ने साथै ढिलोमा १ हप्ता दिन भित्र मृतकको सब नेपाल पठाउन सक्रिय भएर लाग्ने ।

ट) दोहामा रहेका बौद्धिक वर्गसँगको परामर्शमा श्रमिकहरूको हितका लागी आवश्यक नीति निर्माण गरी सरोकारवालालाई उपलब्ध गर्ने ।

ठ) नेपाली भाषा र साहित्यलाई अन्तर्राष्ट्रियकरण र प्रवर्द्धन गर्न एनसीसीले उल्लेखनीय भूमिका खेल्ने।

ड) कतारमा रहनु भएका आईसिसि, एनसिसी संस्थापक र निवर्तमान पदाधिकारीहरु, र कतारमा रहनु भएका अग्रज तथा बौद्घिक ब्यक्तित्वहरु संग समन्वय र सहकार्य गर्न आवश्यक एक कमिटी निर्माण गरीने ।

गैर आवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद् कतारको सन् २०२३–२०२५ कार्यकालको लागि यहि जुलाई २८ तारिख निर्वाचन हुदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Comment

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...

Search