कावासोतिमा लागु औषध सहित २ जना पक्राउ

कावासोती पूर्वी नवलपरासीमा लागुऔषध सहित दुई जनालाई नवलपुर प्रहरीले नियन्त्रणमा लिएको छ।

कावासोती नगरपालिका १६ डण्डामा पश्चिमदेखि पूर्वतर्फ आउदै गरेको बा.प्र.०३-०४ प ८९०७ नं. को मोटरसाइकलमा सवार दुई जनालाई लागुऔषध सहित नियन्त्रणमा लिएको हो ।

नवलपुरको गैडाकोट नगरपालिका -८ बस्ने वर्ष २९ को अशोक लामा र पछाडी सवार वर्ष २३ को रुपेश गुरुङलाई प्रहरीले लागुऔषध सहित पक्राउ गरेको हो ।

प्रहरीले उनीहरुको साथबाट फेनरागन- ३८, डाईजोपाम ३८ र नोफिन-३८ एम्पुल गरी जम्मा ११४ एम्पुल लागुऔषध बरामद गरी कानुन वमोजिम अनुसन्धान भईरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Comment

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...

Search