बैशाख ३०, नवलपुर। गैंडाकोट १७ मा जम्मा ३७२ मत मात्र खस्न बाँकी रहेको छ । ३ बजेको ताजा अपडेट अनुसार कुल मतदाता १२६५ रहेकोमा पुरुष तर्फबाट ३८६ जनाको मत खसिसकेको र महिला तर्फबाट ५०७ मत खसिसक्दा जम्माजम्मी ८९३ मत खसिसकेको छ ।
मतदान गर्न आउनेको घुईँचो चर्को घाम र पानीका छिटा सँगैको मौसममा पनि शान्तपुर्ण रुपमा रहेको छ । गैंडाकोट १७ का निर्वाचन अधिकृतको अनुसार अबको १ घन्टा कुनै समस्या आएन भने मतदान कार्य सकिने बताउनुहुन्छ । अब गैंडाकोट १७ मा जम्मा खस्न बाँकी मत ३७२ मात्र रहेको छ, यो भनेको प्रत्येक १० मिनेटमा ६२ जनाले मतदान गर्नेछन ।
Post Views: 321