भरतपुर १ का वडाध्यक्षका उमेदवार जोशीद्वारा उमेदवारी फिर्ता, महर्जनलाई समर्थन

बैशाख २६, चितवन। भरतपुर महानगरपालिका १ लोकतान्त्रिक वाम गठबन्धनका उम्मेद्ववार केशव महर्जनलाई स्वतन्त्र उम्मेदवारको समर्थन प्राप्त भएको छ । चुनाव चिन्न भुईकटर पाएका कांग्रेस चितवनका योद्धा केशव जोशीले आफ्नो उम्मेदवारी फिर्ता लिदै महर्जनलाई समर्थन गरेका हुन् ।

आज (सोमबार) विहान बागमति प्रदेश सभा सदस्य तथा नेपाली काँग्रेसका नेता गीता वाग्लेको समन्वयमा उनीहरुविच उमेद्ववारी फिर्ता र समर्थन गरिएको हो । उमेद्ववारि फिर्ता लिदै जोशीले संविधानको रक्षाका लागि निर्माण भएको गठबन्धनले नै देशलाई विकास र सम्वृद्विको दिशामा अगाडि बढाउन सक्ने भएकाले आफुले गठबन्धनलाई समर्थन गरेको बताए ।

उमेद्वारी मिलानलाई समन्वय गर्दै वाग्लेले नेकपा एमालेले संविधानलाई कुल्चिने काम गरेकाले गठबन्धनको आवश्यकता भएको भन्दै देशमा सुशासन र विकासका लागि लोकतान्त्रिक गठवन्धनको विकल्प नभएको बताए। लोकतान्त्रिक गठवन्धनका साझा उमेद्ववार केशव महर्जनले आफुलाई समर्थन गरेकोमा जोशीप्रति कृतज्ञता ज्ञापन गर्दै वडाको सम्रग विकासमा आफुले सबै पक्षलाई मिलाएर अगाडि वढ्ने प्रतिवद्वता व्यक्त गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Comment

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...

Search