राष्ट्रिय प्रजातन्त्र पार्टी भोट माग्न भन्दा पनि देश बचाउँनको लागि हिँडेको हो – विक्रम पाण्डेले

देवचुली,

राष्ट्रिय प्रजातन्त्र पार्टी भोट माग्न भन्दा पनि देश बचाउँनको लागि गाउँगाउँमा गुहार माग्दै हिँडेको राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता विक्रम पाण्डेले बताएका छन् ।

मंगलबार देवचुली नगरपालिकाको पृथ्वीनगरमा सम्बोधन गर्दै पाण्डेले देश बचाउने अभियानमा राष्ट्रिय प्रजातन्त्र पार्टी लागेको बताएका हुन् ।
आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि देवचुलीबाट विभिन्न पदमा उम्मेदवारी दिएका उम्मेदवारहरुको साथ दिनका लागि पाण्डे देवचुली आएका हुन् ।

पाण्डेले राष्ट्रिय प्रजातन्त्र पार्टीले अब देशको मुहार फेर्ने बताएका थिए ।

उनले राष्ट्रिय प्रजातन्त्र पार्टी भोट माग्न भन्दा पनि देश बचाउँनको लागि गुहार माग्दै हिँडेको बताएका छन् ।

उनले वडा नं १० बाट राष्ट्रिय प्रजातन्त्र पार्टीबाट उम्मेदवारी दिएका उम्मेदवार विजयी भए यहाँ रहेका मगर जातीलाई संरक्षण गर्न मगर संग्रालय निर्माण गर्न सहयोग गर्ने बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Comment

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...

Search