काठमाडौँ ।
नेकपा क्रान्तिकारी माओवादीबाट वि द्रोह गरेर बनेको संयुक्त समाजवादी मोर्चा दुई सय बढी नेता कार्यकर्तासहित नेकपा एकीकृत समाजवादीमा पार्टीमा समाहित भएको छ ।
नेकपा (क्रा’न्तिकारी माओवादी) निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीका पूर्व केन्द्रीय अध्यक्ष तथा देशभक्त जनगणतान्त्रिक मोर्चाका केन्द्रीय सदस्य सेवन्तराज भण्डारीले बिद्रोह गरी संयुक्त समाजवादी मोर्चा गठन गरेका थिए ।
बिहीबार नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालयमा आयोजित पार्टी प्रवेश कार्यक्रममा महासचिव बेदुराम भुसालले मोर्चाका अध्यक्ष भण्डारीसहितका नेतालाई पार्टीमा स्वागत गरे ।
पार्टी प्रवेश गर्दै मोर्चाका अध्यक्ष भण्डारीले आफूहरुको तत्कालित पार्टीले निर्वाचनलाई वहिष्कार, उपयोग र फेरि वहिष्कारको नीति लिएर यथास्थिति गोलचक्करमा फसेकाले सो पार्टी परित्याग गरेको बताए ।
एकीकृत समाजवादीसँग आफुहरुको सिद्धान्त मिलेकाले पार्टीमा समाहित भएको उनको भनाई थियो । एकीकृत समाजवादीको शान्तिपूर्ण ढंगले समाजवादी क्रान्तितर्फ अघि बढ्ने लक्ष्यमा आफुहरुले सहयोग गर्ने भण्डारीले बताए ।
‘हामीले शान्तिपूर्ण रुपले गर्ने क्रान्तिको मात्र वकालत गरेका थियौं । हामीले के भनेका छौँ भने क्रान्ति शान्तिपूर्ण रुपले गर्ने हो । हामीले जुन निष्कर्ष निकाल्यौँ त्यहाँ नेकपाएकीकृत समाजवादीको विचारसँग हामीले आफुलाई नजिक पायौँ र आज हामी यो ठाउँमा छौँ,’ उनले भने ।
उनले थपे, ‘हामी के प्रतिवद्धता यहाँ व्यक्त गर्न चाहान्छौँ भने एकीकृत समाजवादीले जुन शान्तिपूर्ण ढंगले समाजवादी क्रान्तितर्फ अगाडी बढ्ने लक्ष्य राखेको छ । जुन बाटो कोरेको छ ।
त्यो बाटोमा हामी एउटा पाइला बन्न सकौँ । त्यो घर निर्माण गर्ने जुन लक्ष्य राखेको छ त्यो घरमा हामी एउटा इट्टा बन्न सकौँ । हामी यो प्रतिवद्धता यहाँ व्यक्त गर्न चाहान्छौँ ।’ भण्डारीले आफ्नो मोर्चामार्फत् देशभरका ३५ वर्ष मुनिका २ सयभन्दा बढी नेता, कार्यकर्ता एकीकृत समाजवादीमा प्रवेश गरेको जानकारी दिए ।
रेनुलाई हामीले खोजेको होइन,भरतपुरका जनताले खोजेका छन् : नारायण दाहाल
राष्ट्रिय सभा सदस्यमा मनोनित भएका नारायण दाहालले भरतपुरमा रेनु दाहाललाई त्यहाँका जनताले खोजेको बताएका छन्।माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का भाइसमेत रहेका उनले उनको कामले जनताले खोजेको बताए।
अब रेनुलाई हामीले खोजेको होइन, भरतपुरका जनताले खोजेका हुन्। त्यहाँको विकास निर्माण, त्यहाँका कामकारबाहीले गर्दा,उनले भने।उनले रेनु आफैं प्रचण्डको छोरी भएर होइन, आन्दोलनकारी भएर आन्दोलनमा आएको बताए। पार्टीको एउटा नेताको रुपमा आएको हो।
पार्टीको कार्यकर्ताको रुपमा आएको हो। पार्टीले दिएको जिम्मेवारी पूरा गर्दै आएको हो, उनले भने। उनले अध्यक्ष प्रचण्ड र आफू एकै दिन होलटाइमर भएर हिँडेको भए पनि प्रचण्डको भाइ भनिएकाले अवसरहरु गुमाउनुपरेको बताए।
अध्यक्ष र म एकैदिन होल टाइमर भएर हिँडेको हो। म निरन्तर पार्टीमा छु, निरन्तर काम गरिरहेको छु। मेरो दाबी के छ भने यस्तै बाहिरको दाबीले गर्दा मैले पार्टीबाट जति अवसर पाउनुपर्ने हो, गुमाउनुपरेको हो, उनले भने।
फास्ट ट्रयाकको ६ अर्ब भ्रष्टाचारमा मुछिए प्रधानमन्त्री ओली
काठमाडौैं।रक्षा मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका प्रधानमन्त्री के.पी. शर्मा ओली फेरि ६ अर्ब रुपैयाको भ्रष्टाचारमा मुछिएका छन्। नेपाली सेनाले निर्माणको जिम्मा लिएको फाष्ट ट्रयाकको एउटै ठेक्काको लागत मूल्यमा नै ६ अर्बभन्दा बढी रकम खान खोजेको पाइएपछि उनी यसमा मुछिएका हुन्।
नेपाली सेनाको नेतृत्वमा निर्माण भइरहेको राष्ट्रिय गौरवको आयोजना मानिएको काठमाडौं तराई मधेश द्रुतमार्गको धेद्रेखोलादेखि लानेडाँडासम्मको ४ किलोमिटर ६ सय २१ मिटर खण्डमा पर्ने सुरुङ, उचाइका पुल र एक्सप्रेस सडक निर्माणको ठेक्का यति ठूलो रकम घोटाला हुन गएको हो।
यसरी भयो छताछुल्ल
नेपाली सेनाले यही बैशाख १२ गते एक सूचना प्रकाशित गरी उसको नेतृत्वमा निर्माण भैरहेको फाष्ट ट्रयाकको सुरुङ र उचाइका पुलहरु निर्माणका लागि गरिएको टेण्डरका विजेताहरुलाई ठेक्का पुरस्कृत गर्ने आसयको सूचना (नोटिस अफ लेटर अफ इन्टेन्ट, एलओआई) जारी गरेको छ।
सूचनामा जनाइएअनुसार छोक्रेडाँडादेखि धेद्रेखोलासम्मको ४ किलोमिटर ३ सय ४५ मिटर खण्डमा जोडा र डबल लेनयुक्त स्तरीय एक्सप्रेस–वे, सुरुङ र उचाइका पुलहरुको योजना तर्जुमा, संरचना रेखांकन, इञ्जिनियरिड., प्रोक्युरमेण्ट (खरिद), निर्माण र सुरुआती सञ्चालन गर्ने कामको लागि चाइना स्टेट कन्स्ट्रक्सन इञ्जिनियरिङ कर्पोरेशन लिमिटेड चीनले दिएको प्रस्ताव न्यूनतम् मूल्यांकित र सारभूत रुपमा प्रभावग्राही रहेको छ।
उसले सो कार्य मूल्य अभिबृद्धिबाहेक १५ करोड,६१लाख ४२ हजार ५ सय डलरमा गर्न प्रस्ताव गरेको थियो। हालको डलरको मूल्य ११९ रुपैया ३५ पैसाको हिसाब गर्दा मूल्य अभिबृद्धि करबाहेक उसको प्रस्तावित मूल्य नेपाली रुपैयामा १८ अर्ब ६३ करोड ५६ लाख ७ हजार ५ सय ७५ हुन्छ।
यसमा मूल्य अभिबृद्धि कर १३ प्रतिशतले हुन आउने २ अर्ब ४२ करोड २६ लाख २८ हजार ९ सय ५८ रुपैया ७५ पैसा थप गर्दा यो ठेक्काको कूल लागत रकम २१ अर्ब ५ करोड ८२ लाख ३६ हजार ५ सय ३३ रुपैया ७५ पैसा हुन आउँछ।
यता नेपाली सेनाले धेद्रेखोलादेखि लानेडाँडासम्मको ४ किलोमिटर ६ सय २१ मिटर खण्डमा जोडीका दुई लेन युक्त लेनयुक्त स्तरीय एक्सप्रेस–वे सुरुड. र उचाइका पुलहरुको योजना तर्जुमा, संरचना रेखांकन, इञ्जिनियरिङ, प्रोक्युरमेण्ट (खरिद), निर्माण र सुरुआती सञ्चालन गर्ने कामका लागि पोलिच्याङ्दा इञ्जिनियरिङ कम्पनी लिमिटेड चीनले दिएको आर्थिक प्रस्ताव न्यूनतम् मूल्यांकित र सारभूत रुपमा प्रभावग्राही रहेकोले ठेक्का दिने आशय व्यक्त गरेको सूचना दिएको छ।
रोचक कुरा के छ भने पोलिच्याङ्दा कम्पनीले सो काम मूल्य अभिबृद्धि करबाहेका २० करोड ८५ लाख ७६ हजार ९ सय ३१ डलर ७० सेन्टमा गर्ने प्रस्ताव गरेको छ।
हालको विनिमय दर १ डलर बराबर १ सय १९ रुपैया ३५ पैसाले गणना गर्दा यसको मूल्य नेपाली रुपैयामा २४ अर्ब ८९ करोड ३६ लाख ५६ हजार ७ सय ९८ रुपैया ४० पैसा जति हुन्छ र त्यसमा मूल्य अभिबृद्धिको १३ प्रतिशतले हुन आउने ३ अर्ब २३ करोड ६१ लाख ७५ हजार ३ सय ८३ रुपैया ८० पैसा थप गर्दा उसको प्रस्तावित मूल्य २८ अर्ब १२ करोड ९८ लाख ३२ हजार १ सय ८२ रुपैया २० पैसा पुग्न जान्छ।
नेपाली सेनाले नियुक्त गरेको परामर्शदाता कम्पनीले चाइना स्टेट कन्स्ट्रक्सन इञ्जिनियरिड. कर्पोरेशनले पाएको ठेक्काको लागत करिब २५ अर्ब र पोलीच्याङ्दा इञ्जिनियरिड. कम्पनीले पाएको ठेक्काको लागत करिब २७ अर्ब अनुमान गरेको थियो।
फाष्ट ट्रयाकको सुरुड. र उचाईका पुलहरु बनाउने पहिलो प्याकेजमा दुई कम्पनीको प्रतिस्पर्धा भएकोले वित्तीय प्रस्तावमा प्रतिस्पर्धा हुन गई अनुमानभन्दा ४ अर्ब कमको प्रस्ताव परेको छ भने एकमात्र कम्पनीलाई पूर्वयोग्यता चरणमा पास गरेर मिलेमतोमा ठेक्का दिलाउन खोजिएको पोलि च्याङ्दाले पाएको दोस्रो लटमा मूल्यमा प्रतिस्पर्धा नभएकोले अनुमानित लागत २७ अर्बभन्दा पनि बढी झण्डै २८ अर्ब १३ करोडको मूल्य प्रस्ताव भएको छ।
मूल्यमा प्रतिस्पर्धा भएको भए यसको निर्माण मूल्य पहिलो प्याकेजमा जसरी अनुमानित लागत भन्दा करिब ५ अर्ब कम आउने बताइन्छ। तर मूल्यमा एकलौटी प्रस्ताव हाल्न पाएकोले उसले अनुमानभन्दा बढी हालेर २८ अर्ब पुर्याएको छ। यो प्याकेजको मूल्यमा नै यसका डिजाइनरहरुले ६ अर्बभन्दा बढी रकम कुम्ल्याउने सफलता पाएका छन्।