लुम्बिनीमा उपकुलपतिहरुको अन्तरराष्ट्रिय सम्मेलन

लुम्बिनी । बुद्ध जन्मस्थल लुम्बिनीमा बुधबारदेखि उपकुलपतिको अन्तर्राष्ट्रिय सम्मेलन सुरु भएको छ । लुम्बिनी बौद्ध विश्वविद्यालयको आयोजना, विश्वविद्यालय अनुदान आयोगको सहयोग र ग्लोबल युनिभर्सिटी नेटवर्कको सहकार्यमा लुम्बिनीमा अन्तरराष्ट्रिय उपकुलपति र १८औँ न्यूज (पूर्व, पश्चिम, उत्तर, दक्षिण) सम्मेलन सुरु भएको हो ।

सम्मेलनमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राडा शिवराज अधिकारीले चौथो औद्योगिक क्रान्तिको जनशक्ति उच्च प्रविधिको सीपयुक्त हुन आवश्यक रहेको बताए । विश्वविद्यालयबाट उत्पादन हुने जनशक्ति विश्वव्यापी रुपमा काम गर्न सक्षम हुनुपर्ने उनको भनाइ थियो । राष्ट्रिय योजना आयोगले प्रविधियुक्त शैक्षिक विकासमूलक योजना निर्माणमा अग्रसरता दिइरहेको उपाध्यक्ष प्राडा अधिकारीले जानकारी दिए ।

उच्च शिक्षामा बौद्ध दर्शन अन्तरराष्ट्रियकरण, प्राज्ञिक नेतृत्वमा बौद्ध दर्शन र नैतिकता, चौथो औद्योगिक क्रान्तिमा उच्च शिक्षाको अन्तरराष्ट्रियकरण, नेपालको उच्च शिक्षाका चुनौती र अवसर विषयमा केन्द्रीत रही उपकुलपति सम्मेलन आयोजना गरिएको    हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Comment

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...

Search