प्लस टु संचालन गर्न चन्दा उठाएरै ७० लाखको अक्षय कोष

गोरखा बारपाक सुलिकोट–५ को ताकुमाझ लाकुरीबोट्मा रहेको जलकन्यादेबी माध्यमिक विद्यालयमा दस जोड दुई सन्चानको लागि ७० लाखको अक्षयकोष स्थापना गरिएको छ । विद्यालयको ७२ औ बार्षिक उत्सब तथा अभिभावक दिवसको अबसरमा अक्षयकोष सन्चालन समितिका अध्यक्ष पूर्व प्रमुख निर्बाचन आयुक्त दोलखबहादुर गुरुङले उक्त कुराको जानकारी गराएका थिए । स्थानीयहरु बाट दुई बर्ष सम्म चलेको अभियान बाट सो अक्षयकोष सन्चालन ल्याइएको हो ।

प्ल्स-टु संचालन गर्न सिंगापुर रेडक्रस र सिंगापुर नेपाली समाजको आर्थिक सहयोगमा निर्मित ८ कोठे भवनको उदघाटन गाउँ पालिका अध्यक्ष बिष्णु प्रसाद भट्ट र पुर्व प्रमुख निर्वाचन आयुक्त दोलख बहादुर गुरुङले सयुक्त रुपमा गरेका थिए ।

बारपाक सुलिकोट गाउँ पालिका अध्यक्ष बिष्णु प्रसाद भट्टले दस जोड दुई सन्चालनको लागि जनस्तरबाट ठुलो रकम उठेको भन्दै स्रहाना व्यक्त गरेका छन् साथै उहाँले विद्यालयको सर्बाङ्गिण बिकासका लागि पालिकाले सक्दो सहयोग गर्ने बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Comment

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...

Search