मेन्टर कप क्रीकेट प्रतियोगिता : एसएसवाइसी देवचुलिलाइ पराजित गर्दै कुमारवर्ती सेमिफाइनलमा

Share on facebook
Share on twitter
Share on linkedin
Share on pinterest

कावासोती ,फागुन २४ । मेन्टर एजुकेशन कावासोतिले आयोजना गरेको प्रथम मेन्टर कप खुल्ला क्रीकेट प्रतियोगिताको हिजो भएको अन्तिम सेमिफाइनल खेलमा एसएसवाइसि देवचुलीलाई पराजित गर्दै कुमारवर्ती स्ववियु विजयी भएको छ।

प्रतियोगिताको चौथो सेमिफाइनल खेलमा एस एस युथ क्लब देवचुलिलाइ ६ रनले पराजित गर्दै कुमारवर्ती स्वयियु प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको हो।कावासोती २ मा रहेको कुमारवर्ती खेलमैदानमा टस जितेर व्याटिङ गर्दै कुमारवर्ती स्वयियुले व्याटिङ रोजेर ९१ रनको मध्यम योगफल तयार पारेको थियो।

रनको विजय लक्ष्य लिएर जवाफी व्याटिङमा उत्रेको एस एस युथ क्लब देवचुलिले १२ ओभर खेल्दै ३ विकेटको क्षतिमा मात्रै ८५ रन बनाएपछी कुमारवर्ती स्ववियु ६ रनले विजयी भएको प्रतियोगिताका संयोजक किरण भुर्तेलले जानकारी दिएका छन

हिजोको खेलमा अलराउन्ड प्रदर्शन गरेका कुमारवर्ती स्ववियुका गोपि तिवारी म्यान अफ द म्याच घोषित भएका थिए।कुल २० टिम सम्मीलित मेन्टर कपको विजेताले नगद ५१ हजार एक सय ५५ र उपविजेताले २५ हजार एक सय ५५ सहित ट्रफी प्राप्त गर्नेछन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...