एउटा कागजको टुक्राले दुनियाँ हल्लाइरहेको छ – सन्तोष सापकोटा

Share on facebook
Share on twitter
Share on linkedin
Share on pinterest

सानो हुदाँ डाक्टर बन्ने पाइलट बन्ने भन्दै ठुला ठुला सपना बुनिन्थ्यो त्यो बेला मान्छे सानो भएपनि सपना ठुला थिए , अहिले मान्छे ठुलो भए किन किन सपना साना हुदैछन सबै पैसाकै देन रहेछ ! मान्छे मान्छे बिच भेदभाव , परिवार मा दिनानुदिन झगडा समाज बिथोल्ने तेहि कागज नै रहेछ । अहिलेको समाज यति सम्म संकुचित भैसकेको छ कि आफुलाइ धरापमा राखेर भएपनि पैसा कमाउनु छ , चिल्ला गाडि चड्नु छ , तलै तला भएको सिसा वाला घर ठड्याउनु छ । घर बाट बाहिर निस्कियो पैसै पैसा , साथि संग भेट्यो पैसा , आफन्तको मा गयो पैसा , स्कुलमा गयो पैसा काम मा गयो पैसा , यो पैसा रुपि कागज ले अहिले धेरै युवा फ्रस्ट्रेसनमा छन जहाँ जसो गर्दा पनि पैसा बाहेक केहि गर्न नसक्ने अवस्थाले बिदेशिनु बाध्यता बन्न पुगेको छ !

अहिले को समय परिवेश ले नेपाल मा बसेर आफ्नो घर टुकुर टुकुर चलाउने प्राइभेट सेक्टर का जागिरे हरुलाइ त झनै भनौ बिवाह समेत गर्न गार्हो परिस्थिति सिर्जना भैरहेको छ । यसले झन भबिष्यमा बैदेशिक यात्रा तयगर्ने हरुको लामो लस्कर हामिले देख्नेनै छौ , संगै पढेका साथिभाइ बिदेशि भुमिमा मेहनत गरेर घर , गाडि जोडेर घरजम गर्ने तत्खर मा छन तर नेपाल मै मेहनत गर्ने दाजु भाइ सबै जना आफ्नो बेलुका को छाक कसरि टार्ने भन्ने कुरामा नै तल्लिन देखिन्छन ।

कोहि युवा आफ्नो श्रम बेचिरहेका छन कोहि युवा पैसा कै लागि यौवन बेचिरहेका छ्न । आखिर सबैले बेचिरहेकै छन चाहे श्रम होस या यौवन , अहिले को समयमा धेरै युवाहरुलाइ नियालिरहदाँ उनिहरु आफ्ना इच्छा आकाङ्क्षा पुरा गर्न पनि केहि नराम्रो कृयाकलाप गर्न बाध्य छन अझै भनौ सहर मा त दाजु भाइ दिदी बैनि हरु आफ्नो कलेज , रुमभाडा तिर्ने साथै अन्य आफ्ना आवश्यकता पुरा गर्न लाई अनैतिक क्रियाकलाप मा संलग्न भएको पनि प्रस्ट देख्न सकिन्छ यस्तो हुनुमा आवश्यक रोजगारी का अवसर हरु सिर्जना नहुनु र युवा हरुमा ठूलो महत्वाकांक्षा हुनु नै प्रमुख कारण हो , यहाँ पनि पैसा ले महत्वपुर्ण हिस्सा ओगटेको छ ।

अहिलेको यो ब्यवस्था मा जो संग बढि धन छ त्यो मान्छे नेता बन्न सक्छ , समाजसेवि बन्न सक्छ , कलाकार बन्न सक्छ , बिभिन्न बिधाका सटिफिकेट हरु किनेर बिद्वान बन्न सक्छ केवल धन को खेल ले यहाँ सबैलाई लटपटाइरहेको छ । यहाँ न कोहि ब्यक्तिको क्षमता को कदर गरिन्छ न आत्मासम्मान नै , जस्ले सत्ता पक्षे हरुको चाकरि गर्न सक्छ भोलि उसको मात्र उज्ज्वल भबिष्य देख्न सकियला नत्र अरुले चरम सोसण अन्याय अत्याचार बाहेक केहि सहन बाँकि हुने । छैन । धनको बिहु फुक्ने हरुले जातियताको र धार्मिक लाइटर बेला बेला मा सल्काईदिइरहन्छन कहिले धार्मिक लाडाइ कहिले जातिए लडाइ अनि सोझा नवराज हरु तेसैको जालमा परि स्वर्गिय हुन पुग्छन , आखिर गरिबि र जातियता मा धेरै अन्तर छैन जस्तो लाग्छ किन कि धनाढ्य हरुको जात भात सबै समानान्तर नै चलिरहेको छ । जातियता माथि पनि धनको प्रभुत्व हामिले प्रस्ट देख्न सक्छौ यो निर्मुल पार्न सयौ बर्स धैर्य गर्नुपर्ने देखिन्छ।
देश भ्रष्टाचारी हरुको कब्जामा छ बिदेश जानलाइ युवाले एउटा सामान्य फर्म भोर्ने माग गर्दा यो जाडो मा तातो तातो गोलि ठोकिन्छ , यहाँ भ्रष्टाचारी को छातिमा गोलि हान्नु पर्ने गरिव किसान को छोरा मारियो गरिब कै छोराको जागिर चैट पारियो । न देश मा केहि काम गर्ने वातावरण सिर्जना गरियो न बाँच्न लाई सहि वातावरण नै सिर्जना छ आज हरेक युवा फ्रस्ट्रेसन मा छन डिप्रेसन मा छन , यहि अवस्था केहि समय रहेमा देश बिस्तारै रित्तिने छ सिद्दिने छ ।

कोहि जंगल छिरेर राजगद्दी जमाउदै छन,कोहि कमेडी च्याम्पियन चलाएर पैसा लुट्दै छन,कोसैको बोली फुट्दै छ बोली फुटेका बोलेर पनि केही भएन,सयौ बर्स बाचेका ले अझै बाँच्ने आशा राख्दै छन ,इतिहास लेखिइसकेको छ हुनेवाला केही छैन बाघको चालमा आएर म्याउ गरेको सबै ले देखियो , उन देखि सुन सम्म सुन देखि गुन सम्म सबै बिर्सेर सत्ता र शक्ति मा लाग्दा साथ दिने ती अरिङाल हरु,बिकास को होइन बिनासको पक्षधर हुन,परिवर्तन हुदैन यदि भैहाल्यो भने यिनी हरुको अस्तित्व मेटिएपछि मात्र सम्भव छ तेसैले राजनिती गर्ने हरुलाइ आफ्नै औकात मा झार्नु पर्छ र बिकास प्रेमी लाई उचित मार्गदर्शन गर्न जनता आफ्नै पक्ष बाट लाग्नु पर्छ नत्र पैसा कमाउने होड्मा सारा युवाको भबिष्य एकदिन अन्धकार हुने निश्चय नै छ । अहिले सम्म का शासक सबैको नेतृत्व देखियो,झुर सबै छनौट मा परे फस्टिएका सबै पछाडि धकेलिय,अझै पनि काँधमा राखेर खोला तार्न खोज्छौ भने भलो कोसैको हुनेछैन । युवा बिदेश को खाडिमा नै हुने छन देश को साचो यिनै असफल भ्रट हरुको हात मा हुने छ ।

एउटा कागज को टुक्रा ले दुनियाँ हल्लाइरहेको छ , हरेक मानिसको निन्द्रा हराम गरिरहेको छ , तर जति कमाए पनि नपुग्ने यो कागज एकदिन घाटमा आगो सल्काउन भने पक्कै काम लाग्नेछ । 

 यसैको कारण साथित्व , आफन्त , छिमेकि हरुको सम्बन्ध मा तगाँरो उत्पन्न भैरहेको छ अब को आम पिँडि ले यो तगाँरो हटाउन लाई केहि पश्च्चिमा देशहरुको सिको गर्नुपर्ने देखिँदै छ । हामि सधै एउटा कुरा लाई प्राथमिकता मा राखेर हिडिरहेका छौ जस्ले हाम्रा हरेक खुसि लाई सान्त संग रहन दिइरहेको छैन । अब को समाज रुपान्तरण का लागि युवा उधमशिलता संगै ब्यवहारिक सिप लाइ अगाडि सारि औधोगिक क्रान्ति का लागि शान्ति एवम शुसासन कायम गर्नु प्रमुख कुरा रहन्छ । यसले सबै प्रकारका विभेद को अन्त्य हुनुका साथै सबैमा एकरुपताको भावना बिस्तार गर्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...