किस्मत पौडेल, नवलपुर । पूर्वी नवलपरासी गैंडाकोटको मेजिमा हाम्रो संसारको नवलपुर शाखाले क्यान्सर पिडितलाई सहयोग गरि पिडितको सहारा बनेको छ । नवलपुरको गैंडाकोट – १५ मेजि भन्ने ठाउँमा पाठेघरमा समस्या उत्पन्न भै क्यान्सर भएकी महिलाको उपचारार्थमा हाम्रो संसारको ” हाम्रो सहारा “ कार्यक्रम अन्तरगत पिडितको सहारा बनेको हो ।
बर्ष २३ कि रमा देवि महतो को पाठेघरमा समस्या आई क्यान्सर देखिएकाले उनको उपचारको निमित्त हाम्रो संसार नवलपुरले उपचारार्थ स्वरुप ८५०० रुपैयाँ सहयोग हस्तान्तरण गरेको छ । बिरामी उपचारको क्रममा भरतपुर क्यान्सर अस्पतालमा भर्ना भइ रहनुभएकाले सो सहयोग रकम उहाको सासू आमा रेशम कुमारी महतोलाई हस्तान्तरण गरिएको थियो ।
कार्यक्रममा हाम्रो संसार नवलपुर शाखाकि अध्यक्ष पुजा श्रेष्ठको अध्यक्षतामा उक्त कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा हाम्रो संसार केन्द्रिय समिती उपाध्यक्ष जानुका सापकोटा , केन्द्रिय समिती सल्लाहकार राजन सापकोटा , क्षेत्रीय कार्यसमिती अध्यक्ष पुजा श्रेस्ठ , वरिष्ठ उपाध्यक्ष गोबिन्द केसि ( लियो ), सदस्य सुस्मा भुषाल, सल्लाहकार गोबिन्द सिग्देल, हाम्रो संसारका मेम्बर टिकाराम गौतम, जनक क्षेत्री , बिष्णु देवि गौली साथमा पिडित परिवारको उपस्थिति रहेको थियो ।
कार्यक्रममा बोल्दै हाम्रो संसार शाखा कार्यालय नवलपुरकि अध्यक्ष पुजा श्रेष्ठले हाम्रो संसारले निरन्तर सामाजिक हितको निमित्त काम गर्दै आएको र आगामी दिनमा पनि निरन्तरता दिने बताउनु भयो । सामाजिक संजालको माध्यमले संगठित हाम्रो संसारले दिनदुखी हरुको निमित्त साहारा दिने हितुले ” हाम्रो सहारा ” नामक कार्यक्रमको थालनी गरेको अध्यक्ष श्रेष्ठ बताउनु हुन्छ । कुनै एक दुई परिवार पनि दुखी देख्दा आफ्नो आँखा रसाउने गर्छ भन्दै अवका दिनमा हाम्रो संसारको नियमित कार्यक्रमले धेरै पीडितहरुको साहारा बन्नेमा बिश्वस्त रहेको बताउनु भयो ।
कार्यक्रम बिहान ११ बजे सुरु गरि करिव ४५ मिनेट बिरामिका परिवार सँग भलाकुसारी सँगै समापन गरिएको थियो । कार्यक्रमको सहकिकरण शाखा कार्यालय नवलपुरका वरिष्ठ उपाध्यक्ष गोबिन्द केसिले गर्नु भएको थियो ।