टिकटक प्रतिबन्धविरुद्धको रिटमा आज प्रारम्भिक सुनुवाइ हुने

टिकटकमाथि लगाएको प्रतिबन्धविरुद्ध सर्वोच्च अदालतमा दायर रिटमा आज (सोमबार) बाट सुनुवाइ हुने भएको छ ।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीलगायतले दिएको रिटमा आजबाट सुनुवाइ हुन लागेको हो । गत कात्तिक २७ गतेको मन्त्रिपरिषद्‌ बैठकले सामाजिक सञ्जाल टिकटक प्रतिबन्ध लगाउने निर्णय गरेको थियो ।

नेपालमा टिकटक प्रतिबन्ध लगाउने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा १० वटा रिट निवेदन दायर भएका छन् । रिट निवेदनमा सरकारको उक्त निर्णय खारेज गर्न माग गरिएको छ । सरकारले नकारात्मक कुरालाई मात्र व्याख्या गरेर बन्द गराउनु गलत भएको निवेदकहरूको तर्क छ ।

सरकारले सामाजिक सद्‌भावमा खलल पुगेको, टिकटक कम्पनीले टिकटकबाट हुने अपराध न्यूनीकरण र दोषीमाथिको कारबाही प्रक्रियामा सहयोग नगरेको कारण देखाउँदै बन्द गर्ने निर्णय गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Comment

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...

Search