विहानी युवा क्लवद्वारा आयोजित फुटवल प्रतियोगिताको सेमीफाईनलमा गोलको वर्षा, सुजनले गरे पाँच गोल

कल्पित सुवेदी,
कावासोती । कावासोती १० मगरकोटमा जारी फुटबल प्रतियोगिता अन्तरगत बिहिवार भएको सेमिफाईनल खेलमा बजारटोलको तर्फबाट गोलको वर्षा भएको छ ।

सेमिफाईनलको अन्तिम खेलमा बजार टोल र भगडीटोल बिच प्रतिस्पर्धा भएको थियो भने बजार टोलले ६ गोल गरे गरेर फाईनल खेल्ने पक्का गर्यो भने भगडीटोल बाट कुनै गोल हुन सकेन । बजार टोलका सुजन तामाङ्ग एक्लैले ५ गोल गरेका थिए भने एक गोल अनिस श्रेष्ठले प्रहार गरेका थिए ।

बिहानी युवा कल्बको आयोजनामा असोज २८ गतेबाट जारी फुटबल प्रतियोगितामा ७ टिम सहभागी रहेका थिए । सेमिफाईनलको खेल सकिएसगै ४ गते दिनको २ बजे फाईनल खेल बजार टोल र नमुना टोल बिच घम्सँघमस हुने खेल प्रवक्ता ओमकार घिमिरेले जानकारी दिए ।

 

फुटबल प्रतियोगितामा बिजेता हुनेले १५ हजार बराबरको खसी तथा उपबिजेतालाई ४ वटा हाँस प्रदान गरिने आयोजकले जनाएको छ । फुटबल खेलको समापनको दिन घैटो फुटाई, बेलुन फुटाई प्रतियोगिता समेत आयोजना गरिने कल्बले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Comment

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...

Search