२०५५/०५६ साल तिरको कुरो हो जुनबेला म शिक्षण पेसामा आबद्ध थिए साथै बामपंथी राजनीतिक पार्टीमा समेत सकृय थिए तर मेरो पिता माता भने ब्रह्माकुमारी यानेकि ॐ शान्ती को मार्गमा लागेर ईश्वरीय ज्ञान र राजयोगको अभ्यासमा निर्लिप्त हुनुहुन्थ्यो ।
उहाँहरुले मलाइ पनि त्यो ज्ञान मुरली सुन्न र ध्यान गर्न आग्रह गर्नुहुन्थ्यो । तर मैले सोच्थें कि त्यो धार्मिक कर्ममा लागेपछी म यो आधुनिक समाजबाट एक्लिन्छु कि ? म पाखे पो बन्छु कि ? म त एउटा विद्वान शिक्षक र शभ्य राजनीतिग्य पो त , साथिहरुले मलाइ इल्लि बिल्ली गर्छन कि ? यस्ता यस्ता महां मूर्ख सोंचले गर्दा मलाइ त्यो ज्ञान मार्गमा जान र ईश्वरीय ध्यान गर्न बाट बन्चित गर्ने गर्थ्यो ।
जब २०५८ साल जेष्ठ महिनामा चितवन र नवलपरासीका गरि ३६/३७ जना शिक्षकहरुको समूहलाइ V.I.P. ग्रुपमा ॐ शान्तिको मुख्य केन्द्र माउन्ट आबु ( भारतको राजस्थान ) जाने अफर आयो अनि त्यो ग्रुपमा मैले पनि जाने आवसर पाए । जब हामी माउन्ट आबु पुग्यौं । त्यहाँको वातावरणिय परिवेस हामिले सोचेभन्दा भिन्न थियो । शान्त वातावरण , सुमधुर वाणिहरुको प्रयोग , शभ्य र आध्यात्मिक जीवन शैली , शुद्द साहकारी भोजन , सतज्ञानका कक्षाहरु ,अत्याधुनिक र वैज्ञानिक पद्धतिहरुको प्रयोग आदि आदि अवस्थाहरु देख्दा यस्तो महसुस हुन्थ्यो कि पूर्ण विज्ञानको चमत्कार माथी आध्यात्मिक छानोले ढाकेको अवस्था रहेछ ।
त्यहाँका सम्पूर्ण आध्यात्मिक संरचनाहरु अवलोकन गर्दै जाने क्रममा एकजना विज्ञान शिक्षक साथिले प्वाक्क भन्नुभयो । ” हामीहरु धार्मिक क्षेत्रमा आयौं भनेको त सबै विज्ञान कै चमत्कार हेर्न पो आएका रहेछौ त ? ” ठिक त्यहिबेला मेरो मनबाट यस्तो बिचार आयो र मैले वहाँलाई प्रतिप्रश्न गरें कि ” सर यो विज्ञानको चमत्कार बनाउने वैज्ञानिकलाई इश्वरको अस्तित्वको बारेमा राम्रो ज्ञान नभएको भए यो चम्कार सम्भव थियो त ? ”
मेरो यो प्रश्नको बारेमा अधिकांश साथिहरुले सकारात्मक शैलिमा सपोर्ट गर्नुभयो ।
त्यस समयदेखि म मा पनि यस्तो बिचारको जागरण भयो कि आध्यात्मिक ज्ञान नै आधुनिक विज्ञानको एउटा मुख्य पाटो रहेछ । अनि म पनि सोही ज्ञानमा आबद्ध भएर जीवनको अन्त्य सम्म नै अभ्यास गर्ने प्रण गरेर निरतरता दिइरहेको छु ! म यसमा नै आनन्दित र खुशी छु ।
ॐ शान्ती !!!
✍️प्राध्यापक : श्री ऋषिकेश घिमिरे,नवलपुर ।
उहाँको अनुभवहरु सहितको एक लेख ।