सुर्योदय वोमि लघुवित्त वित्तिय संस्था रजहरको वित्तिय साक्षरता तथा २ दिने डल बनाउने तालिम सम्पन्न

सुर्योदय वोमि लघुवित्त वित्तिय संस्था लि. शाखा कार्यालय रजहर,नवलपरासी ब.स.पु को आयोजनामा वित्तिय साक्षरता कार्यक्रम तथा २ दिने डल बनाउने तालिम सफलतापुर्वक सम्पन्न भएको छ । बिहिबार यसै शाखा कार्यालयमा सुरु भएको कार्यक्रममा सुर्योदय वोमि लघुवित्त वित्तिय संस्थाको सदस्य खुमिसरा गाहा मगरको अध्यक्षतामा वित्तिय साक्षरता तथा २ दिने डल ( गुडिया ) बनाउने तासिम सम्पन्न भएको हो । उक्त कार्यक्रममा रजहर इलाका प्रहरी कार्यालयका प्रमुख शेर बहादुर थापाको प्रमुख अतित्थ्यता रहेको थियो ।

सुर्योदय वोमि लघुवित्त वित्तिय संस्थाका क्षेत्रीय प्रवन्धक कुमार घिमिरेले मन्तब्य ब्यक्त गर्दै संस्थाको हक हित सधै अगाडि रहेको बताउनु भयो । शाखाको प्रगती विवरण , उक्त संचालनमा रहेको डल ( गुडिया ) बनाउने तालिमको महत्त्व, आवश्यकता र हाल लघुवित्तमा देखिएका समस्याहरुको बारेमा गम्भिरतापुर्व रहेको र लघुवित्तलाई थप उर्जाका साथ अगाडि बढाउने यसै शाखाका शाखा प्रमुख तिर्थ प्रसाद पन्थले बताउनु भयो । २ दिने डल बनाउने तालिमको प्रशिक्षकको रुपमा सरिता नेपाली रहनुभएको थियो भने प्रशिक्षण लिने ३५ जना सदस्यहरुको सहभागिता रहेको थियो ।यस कार्यक्रममा यसै शाखाका सदस्यहरु मध्य बार्षिक मुल्यांकनको आधारमा उत्कृष्ट ३ सदस्यलाई प्रशंसापत्र बितरण गर्ने संस्थाका शाखा प्रमुख पन्थले जानकारी गराउनु भयो । उक्त कार्यक्रमको सहजिकरण यसै शाखाका कार्यकारी सदस्य मुक्ती राज ढुङ्गेलले गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Comment

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...

Search