कावासोती । कावासोतिको राममन्दिर खेलमैदानमा जारी खुल्ला नकाउट फुटबल प्रतियोगिताको पहिलो सेमिफाइनल खेलमा कावासोती युवा क्लब विजयी भएको छ।आज भएको सेमिफाइनल कावासोतिले राइजिङ स्टार फुटबल क्लब हुप्सेकोटलाइ ३-१ ले पराजित गर्दै फाइनलमा स्थान पक्का गर्न सफल भएको हो।
गण्डकी आज अनलाइन मिडियाको बार्षिकोत्सबको अबसरमा भानु युथ एकेडेमी र लायन्स क्लब अफ कावासोती सप्तरङ्गीको सहकार्यमा आयोजित खुल्ला नकाउट सेभेन ए साइड फुटबल प्रतियोगिताको भोलि फाइनल खेल हुनेछ। कावासोती युवा क्लबले भोलि बेलुवा फुटबल क्लब र थुम्किदेवी समाज कोलियाको बिचमा हुने दोस्रो सेमिफाइनलमा विजयी टिमसित फाइनल खेल खेल्ने आयोजक लायन्स क्लब अफ कावासोती सप्तरङ्गीका संस्थापक अध्यक्ष किरण भुर्तेलले बताए।
प्रतियोगिता अन्तर्गत आज भएको क्वाटरफाइनल खेलमा सयपत्री डण्डालाइ थुम्किदेवी समाज कोलियाले ,राइजिङ स्टार हुप्सेकोटले भानु युथ एकेडेमीलाई र बेलुवा फुटबल क्लबले डि ब्रोदर्स क्लबलाइ पराजित गरेको खेल संयोजक भानु युथ एकेडेमीका अध्यक्ष सुक बहादुर गुरुङले जानकारी दिए।प्रतियोगितामा प्रथम र दोस्रो हुनेले क्रमश ३० हजार र १५ हजार नगद सहित ट्रफी प्राप्त गर्नेछन।
कार्यक्रमको मुख्य प्रायोजकको रुपमा अस्ट्रेलियाको लागि उत्कृष्ट गन्तव्यको रुपमा रहेको फोर नेसन्स कावासोती रहेको छ।अस्ट्रेलियाको लागि अत्यन्तै भरपर्दो ,सहज ढंगले विद्यार्थी पठाउन सफल फोर नेसन्सले प्रतियोगितामा प्रथम पुरस्कार सौजन्य गरेको छ भने जापानको लागि ख्यातिप्राप्त सेन्ट्रल कलेज अफ भोकेसनल ट्रेनिङले कार्यक्रमा द्दितिय पुरस्कार सहयोग गरेको छ।