महिलाले जन्माइन् जुम्ल्याहा, जन्ममितिमा भयो एक सालको अन्तर

Share on facebook
Share on twitter
Share on linkedin
Share on pinterest

कुनै पनि बुवाआमाको लागि आफ्नो सन्तानको जन्म हुनु सायद उनीहरुको जीवनको सबैभन्दा खुसीको पल हो । कतिपय दम्पतीहरु जुम्ल्याहा सन्तान जन्माउन र हुर्काउन रुचाउँछन् । जुम्याहा भन्ने बित्तिकै एउटै गर्भबाट एकैपटकमा जन्मिएका दुई बच्चा भन्ने बुझिन्छ । तर हालै एउटा यस्ता जुम्ल्याहा बच्चा जन्मिएका छन् जसको जन्ममितिमा एक वर्षको फरक छ ।

अमेरिकाको टेक्सास सहरमा यो अनौठो घटना भएको छ । मिडिया रिपोर्ट अनुसार केली नामकी महिलाले ती जुम्ल्याहा बच्चा जन्माएकी हुन् एक वर्षको अन्तरमा । यो कसरी सम्भव भयो त ?

वास्तवमा केलीले गत सन् २०२२ को अन्तिम दिन अर्थात् डिसेम्बर ३१ को रात बच्चा जन्माइन् । उनको गर्भमा रहेका जुम्ल्याहामध्ये पहिलो बच्चाको जन्म रातको ११ बजेर ५५ मिनेटमा भयो । दोस्रो बच्चा जन्मिनका लागि भने केहीबेर लाग्यो । त्यसो हुँदा उनको पेटमा रहेको दोस्रो जुम्ल्याहा जन्मिसक्दा सन् २०२३ लागिसकेको थियो । अर्थात् उनले सन् २०२३ को जनवरी १ को मध्यरात १२ बजेर १ मिनेटमा जुम्ल्याहामध्येको दोस्रो बच्चा जन्माइन् ।

वास्तवमा ती जुम्ल्याहाको जन्म केही मिनेटको अन्तरमा भयो । तर त्यो एक वर्षको फरक हुनपुग्यो । पहिलो बच्चा सन् २०२२ र दोस्रो बच्चा सन् २०२३ मा जन्मियो ।

केलीले आफ्नो फेसबुक पेजमा पति क्लिफ र आफूलाई आन्नी जो र इफी रोज स्कट नामका जुम्ल्याहा सन्तान प्राप्त भएको उल्लेख गर्दै आफू, बच्चा र पतिका तस्वीर समेत सेयर गरेकी छिन् ।
एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...