नारायण भण्डारीको नेतृत्वमा डेङ्गुबाट बचौं र बचाऔं अभियान देवचुलीमा

Share on facebook
Share on twitter
Share on linkedin
Share on pinterest

देवचुली । पुर्वी नवलपरासी देवचुलीमा स्वतन्त्र उमेदवार लड्दै गरेका युवा नेता नारायण भण्डारीले डेङ्गु बाट बचौं र बचाऔं अभियान स्वरुप सरसफाई कार्यक्रम सम्पन्न गरेका छन । देवचुलीको रजहर स्थित रहेको एक मात्र प्राकृतिक चिकित्सालयको वरपरका सडक र गाउँ, टोलभित्र अनावश्यक फैलिएको झाडी र दुर्गन्धित ठाउँहरुमा सरसफाई तथा औषधि छर्ने काम सम्पन्न भएको छ ।

प्रदेश सभा सदस्यमा नवलपुर क्षेत्र न. १ (क) बाट स्वतन्त्र उमेदवार रहेका नारायण भण्डारीले रजहर प्राकृतिक चिकित्सालय आसपासका क्षेत्रमा सरसफाई अभियान सुरु गरेका हुन । हाल देशमा लाङ्खुट्टेको टोकाईबाट डेङ्गु रोग फैलिरहेको हुँदा त्यसको रोकथामका लागि आफ्नै नेतृत्वमा डेङ्गु बाट बचौं र बचाऔं अभियान संचालन गरेका थिए । स्थानियहरुको सहयोगमा टोल टोलमा औषधि छर्कने कार्य र सरसफाई कार्यक्रम संचालन गरेका हुन ।

यसो त चुनाव नजिकिदै गर्दा सहानुभुती बटुल्न यो कार्यक्रम संचालन गरेका हुन कि भन्ने केहिको धारणा रहेको पनि छ तर उनी भन्छन आफ्नो क्षेत्र र बसोस्थानमा सरसफाई गर्न म मात्र हैन अन्य ठुला नेताहरु पनि आउनुहुन्छ भने पनि स्वागत छ तर सकारात्मक कार्यमा नकारात्मक टिकाटिप्पणी गर्नु भन्दा आफ्नो क्षेत्र र नगरबासिलाई सुरक्षित राख्नु पक्कै पनि हाम्रो कर्तब्य नै होला त्यसैले आज बच्न सकियो भने भोलीको दिनमा चर्चा परिचर्चा गर्दै गरौंला तर अहिलेको आवश्यकता आफुपनी बचौं र अरुलाई पनि बचाऔं अभियानमा जुट्न सबैलाई आग्रह समेत गरेका थिए । आगामी दिनहरुमा नवलपुरका अन्य क्षेत्रमा पनि यो अभियानलाई निरन्तरता दिने उनी बताउँछन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...