सिएफसी नकआउट फुटबल प्रतियोगिता दोस्रो चरणको खेल कतारमा सम्पन्न

Share on facebook
Share on twitter
Share on linkedin
Share on pinterest

कतार । दोस्रो सिएफसी नकआउट फुटबल प्रतियोगिता मिसाइद ग्राउन्ड कतारमा दोस्रो दिनको तीन खेल शुक्रबार सम्पन्न भएको छ ।

शुक्रबार सम्पन्न भएको पहिलो खेलमा एबि एफ सि र पेट्रो फुटबल क्लब खेलेका थिए । खेल ट्राइबेकरमा चार दुईको अग्रता लिदै पेट्रो फुटबल क्लब क्वाटर फाइनलमा प्रबेश गरेको छ । त्यस्तै दोस्रो खेलमा युनाइटेड फुटबल क्लब र रेडको फुटबल क्लब आम्नेसाम्ने भएका थिए । जसमा युनाइटेड युथ क्लब क्वाटर फाईनल पुगेको छ भने अन्तिम खेल गोर्खा गाइज भर्सेस नेपाल कतार पुलिस बिच रोमाञ्चक भिडन्तमा २ – ० को अग्रता संगै नेपाल कतार पुसिल क्वाटर फाइनलमा पुगेको छ ।

दोस्रो चरणको खेलमा म्यान अफ द म्याच बिजेता खेलाडिहरुलाई ट्र्फि एनआरएनए एनसिसि कतारका बरिस्ठ उपाध्यक्ष सुनिल कुमार घिमिरे र महिला उपाध्यक्ष आभा मन्जुको उपस्थितिमा वितरण गरिएको थियो । मिसाईद स्पोर्ट्स स्टुडियम कतारमा आयोजित दोस्रो सिएफसी नकआउट फुटबल प्रतियोगितामा १५ टिम सहभागी रहेको  अभिभावकिय संस्था एनआरएनए एनसिसी कातारका अध्यक्ष सुरेश भट्टले बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...