रजहरको सुर्योदय वोमी लघुवित्त वित्तीय संस्थाद्वारा ऋण मिनाहा तथा बीमा दाबी रकम हस्तान्तरण

तिर्थराज काफ्ले, कावासोती। पुर्वी नवलपरासी रजहरमा सुर्योदय वोमी लघुवित्त वित्तीय संस्थाको नवलपरासी रजहर शाखा कार्यालयले बीमा दाबी रकम भुक्तानी गरेको छ ।

लघुवित्तले नवलपरासी जिल्ला देवचुली न.पा. वडा नं.७, रामबासमा रहेको केन्द्र नं. १०९ कि सदस्य यानिमाया सोतीको मृत्यू भएपछि बीमाको क्षतिपुर्ति रकम सदस्यको बुहारी लक्ष्मी थापा मगरलाई उपल्बध गराएको हो ।

सदस्य यानिमाया सोतीले संस्थाबाट तीन लाख कर्जा लिएकोमा मृत्यू पश्चात संस्थाको नियमानुसार कर्जाको साँवा र ब्याज तिन लाख मिनाहा गरी कर्जा बिमा अन्तर्गत सदस्यको मृत्यू पश्चात दिइने काजक्रिया खर्च १० हजार तथा तिरेको किस्ता रकम चौबिस हजार समेत फिर्ता गरी जम्मा रकम चौतिस हजार निज सदस्यलाई एकमुष्ट भुक्तानी गरिएको संस्थाका शाखा प्रबन्धक तिर्थ प्रसाद पन्थ ले बताए ।

संस्थाले आफना ग्राहक सदस्यहरुलाई आपतकालिन अवस्थामा सहयोग पुर्याउने उदेश्य अनुरुप आवश्यकता अनुसार सहयोग रकम प्रदान गर्दै आइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Comment

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...

Search